शुक्रबार, कार्तिक २२, २०८२

दाङ प्रहरीले लागुऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ

दाङ । घोराही उप-महानगरपालिका वडा नं. १६ गर्रा चोक स्थित घोराही तुलसीपुर सडक खण्ड सार्वजनिक बाटोमा केही ब्यक्तिहरुले लागुऔषध ब्राउन सुगरको कारोबार गरी रहेका छन भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलिले चेकजाँच गरी रहेको अवस्थामा तुलसीपुर देखी घोराही तर्फ पैदल हिड्दै आउदै गरेका जिल्ला बाँके साबिक राधापुर गा.बि.स. वडा नं. ०१ हाल ऐ. कोहलपुर नगरपालिका वडा नं. ०२ बस्ने बर्ष ३६ को उमंग बहादुर शाही र देश भारत उत्तर प्रदेश जिल्ला बहराईच चकियारोड रुपैडिहा बस्ने बर्ष ५२ को समसुललाई संकास्पद अवस्थामा हिडी आउदै गरेको देखी निज दुबै जनालाई रोकी सोधपुछ गरी शरीर खानतलासी गर्दा प्लाष्टिक भित्र लुकाई छिपाई गरी राखेको लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ प्लास्टिक हटाई तौल गर्दा ३७ ग्राम २९ मिलिग्राम सहित फेला पारी पक्राउ गरी नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडी बढाईएको दाङ प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिनुभएको छ ।                     

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation