विभिन्न पेलेकार्ड सहितको र्‍याली सङ्गै रास्वपाले बुझायो मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

देउखुरी १० असोज । राष्ट्रिय स्वतन्त्र पार्टी दाङ जिल्ला क्षेत्र नम्बर १ ले बुधबार लुम्बिनी प्रदेश मुख्यमन्त्रीलाई कार्यालयमा गई ध्यानाकर्षण पत्र बुझाएको छ ।

सहकारी पीडितलाई न्याय दिनुपर्छ र वास्तविक सहकारी ठगलाई कारबाही हुनुपर्छ भन्ने मुख्य उद्देस्य ले लुम्बिनी प्रदेश राजधानी देउखुरी उपत्यका मौरीघाटमा सोहि अनुसारका नारा लेखिएको पेलेकार्ड सहित र्‍याली सम्पन्न गरेको छ ।

साथै देशको अहिलेको राजनीतिक समसामयिक बिषय देशकै चौथो दल राष्ट्रिय पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई र सभापति माथि निरन्तर भएको चरम अनैतिक अत्याचारको विरुद्धमा र देश भरी रहेका सहकारीबाट पीडित जनताको पैसा फिर्ता गर्ने हक सहकारीका भ्रष्टाचारीहरुको सत्य तथ्य छानबिन गरि दोषीलाई देशको प्रचलित कानुन अनुसार कारबाही गरियोस भनी मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको दाङ क्षेत्र नम्बर १ का सभापति मोहन आचार्यले बताउनु भयो ।

क्षेत्र नम्बर १ का पार्टी सभापति मोहन आचार्यको नेतृत्वमा भएको कार्यक्रम राप्ती गाउँपालिका तल्लो मौरिघाटमा रहेको पार्टी कार्यालय देखी विभिन्न प्लेकार्ड सहित सुरु भएको शान्तिपूर्ण र्‍याली सहित मुख्यमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाउदै राप्ती गाउँपालिका २ बराखुट्टिमा रहेको करम्दी सामुदायिक बनको हलमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा दाङ १ का सभापती मोहन आचार्य, रास्वपा केन्द्रिय सदस्य लुम्बिनी प्रदेश सभापती देवराज पाठक, प्रदेश सदस्य तथा शिक्षा बिभाग प्रमुख सुशील अधिकारी, प्रदेश सदस्य सरद बन्दु डिसि, जिल्ला सचीव आशिष भुसाल लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

लुम्बिनी प्रदेश RAT संयोजक बिनय घिमिरे, सदस्य रबिन थापा, दाङ जिल्ला उपाध्यक्ष अर्जुन केसि, लमही नगर सभापति शिवलाल भण्डारी, राप्ती गाउँपालिका सभापती दोर्ण बहादुर जिसि, बिभागिय प्रमुख, वडाका प्रतिनिधि शुभचिन्तक तथा रास्वपा सदस्य सहित एक सय पचास भन्दा बढिको उपस्थिति रहेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation