सोमवार, अशोज २७, २०८२

राप्ती प्रेस मञ्चले असोज २४ गते स्थापना दिवस र शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

भालुवाङ २० असोज । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले आगामी असोज २४ गते स्थापना दिवस तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ।

मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा सोमबार राप्ती गाउँपालिका ३ मसुरियामा बसेको कार्यसमितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो।

मञ्चले स्थापना दिवसका अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ८ मिलनडाँडा कोहलुवामा रहेको निलसागर सेवा आश्रममा फलफूल वितरण र सोही दिन विहान ११ बजे राप्ती गाउँपालिकाको सभाहल मसुरियामा तिहार तथा छठ लगायतका पर्वहरूको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको मञ्चका महासचिव ओमप्रकाश गुप्ताले जानकारी दिनु भएको छ ।

यस्तै बैठकले मञ्चको आगामी बैठकहरू वडागत रूपमा घुम्ती बैठक बस्ने र आगामी कार्तिक २० गतेको पुर्ण बैठक वडा नम्बर १ मा बस्ने निर्णय गरेको छ । यस्तै बैठकले मञ्चले आयोजना गरेको हरेक कार्यक्रममा मञ्चको पोशाक अनिवार्य लगाउने निर्णय समेत गरेको छ ।

त्यस्तै बैठकले हालै सम्पन्न गरेको कार्यक्रमहरूको समीक्षा समेत गरेको छ । बैठकमा मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ता, उपाध्यक्ष बलराम शाही(भिसुन), महिला उपाध्यक्ष हुमा सुनार, सचिव देवेन्द्रराज कंडेल (श्रीधर), कोषाध्यक्ष लक्ष्मी पोख्रेल, सह-कोषाध्यक्ष लालमणी भुसाल र सदस्यहरू मोतीराम भट्टराई, विदुर एमसी लगायतको उपस्थिति रहेको थियोे ।

बैठकको सहजीकरण मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation