मङ्लबार, माघ २८, २०८२

मुख्यमन्त्री केसी बुटवल छाडेर राप्ती गाउँपालिकाको कार्यालयमा बस्न सुरू गरे

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी शुक्रबारदेखि लुम्बिनी प्रदेशको स्थायी मुकाम देउखुरी उपत्यका बस्न सुरू गरेका छन् ।

मुख्यमन्त्री केसी राप्ती गाउँपालिकाको कार्यालयमा शुक्रबारदेखि बस्न सुरू गरेका हुन् । अस्थायी मुकाम बुटवल छोडेर मुख्यमन्त्री केसी राप्ती गाउँपालिकाको तेस्रो तल्लामा रहेको एउटा कार्यकक्षबाट अस्थायी रूपमा बसेर काम गर्न सुरू गरेका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् ।

राप्ती गाउँपालिकाले यस भन्दा पहिले नै मुख्यमन्त्री कार्यालयका लागि भवन दिन तयार भईसकेकाे थियाे ।

निर्वाचन आचारसंहिता मंसिर २२ गते सम्म लागू हुने भएकाले त्यसपछि मात्र अस्थायी मुकाम बुटवलमा रहेका सवै मन्त्रालयहरू क्रमिक रूपमा स्थायी राजधानी राप्ती उपत्यका देउखुरी स्थित राप्ती प्राविधिक शिक्षालय रहेको स्थानमा आउने छन् ।

शिक्षालयमा निर्माणको अन्तिम तयारीमा रहेको प्रदेश सभा भवनमा नवनिर्वाचित सदस्यहरूको सफथ ग्रहण हुने गर्ने तयारी भइरहेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation