सोमवार, कार्तिक २५, २०८२

राप्तीमा काेभिड -१९ भ्याक्सिन डिजिटलाइजेशन गरिँदै

दाङ १० मंसिर । दाङको राप्ती गाउँपालिकालमा काेभिड -१९ भ्याक्सिन डिजिटलाइजेशन गरिन लागेको छ ।

पालिकाका हरेक गतिविधिलाई पेपर लेस बनाउने उदेश्य अन्तर्गत उक्त कार्य गरिन लागिएको हाे ।

स्वास्थ्य शिक्षा सचेतना – सामुदायिक स्वास्थ्य संस्था (हिकाे)काे आयोजना, राप्ती गाउँपालिका स्वास्थ्य शाखाको समन्वय र यूएनडिपीकाे आर्थिक सहयोगमा साे कार्य गर्न लागिएको हाे ।

डिजिटलाइजेशन गर्न काेभिड -१९ भ्याक्सिन लगाएका व्यक्तिहरुकाे सम्पूर्ण विवरण अनलाईन मार्फत भरिने छ ।

यसरी विवरण भरे पश्चात् एउटा काेड नम्बर प्राप्त हुने छ ।

उक्त काेड नम्बर लिएर पालिकाकाे स्वास्थ्य शाखामा आए शाखाले प्रमाणीत गरेर तत्काल भ्याक्सिन लगाएको क्यूआर काेड उपलब्ध गराउन सक्ने पालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले बताउनुभयो ।

यसले गर्दा क्यूआर काेडकै लागि साइबर धाउनुपर्ने बाध्यताकाे समेत अन्त्य हुने छ ।

डिजिटलाइजेशन भए पश्चात् पालिका क्षेत्र भित्र कुन खाेप क-कस्ले कति लगाए, कुन समुदाय र क्षेत्रमा खाेपकाे प्रभावकारीता के कस्तो छ भन्ने बारेमा जानकारी लिन सहज हुने रावतकाे भनाई छ ।

काेभिड -१९ भ्याक्सिन डिजिटलाइजेशन भएमा छाेटाे समयमै सजिलै भ्याक्सिन लगाएको र नलगाएका व्यक्तिहरुकाे विवरण पत्ता लगाउन सकिने र स्वास्थ्य सम्बन्धी भावी कार्ययोजनाहरु बनाउन सहज हुने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।

त्यस्तै अध्यक्ष विष्टले काेभिड -१९ भ्याक्सिन लगायतका सबै नागरिकहरुकाे विवरण आवश्यक पर्ने भएकाले विवरण संकलन गर्नका लागि घरघरमा आउने गणकहरुलाई सहजरूपले विवरण उपलब्ध गराई सहयोग गरि दिनु हुन गाउँपालिकाबासी सबै लाई अनुरोध गर्नु भएको छ ।

हिकाे संस्थाले विवरण संकलनका लागि प्रत्येक वडा बाट ४/४ जनाका दरले गणकहरुलाई अभिमुखीकरण गरि आइतबार देखि पालिकाका ९ वटै वडाका गाउँ गाउँमा खटाएको स्वास्थ्य शिक्षा सचेतना – सामुदायिक स्वास्थ्य संस्था (हिकाे)मा कार्यवाहक अध्यक्ष गरिबु चाैधरीले जानकारी दिनुभयो ।

पालिकामा करिब ३५ हजार नागरिकले काेभिड -१९ काे विभिन्न भ्याक्सिन लगाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation