गढवा ८ फागुन । गढवा गाउँपालिका वडा नम्बर २ कोठरीमा स्तरोन्नतीका लागि सात दिने चप्पल उत्पादन सम्बन्धि तालिम मंगलवार सम्पन्न भएको छ ।
‘आर्थिक समृद्धीको आधार लघु उद्यम विकास मार्फत रोजगार’ गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत स्तरोन्नतीका लागि ७ दिने चप्पल उत्पादन तालिम सञ्चालन गरिएको थियो ।
गढवा गाउँपालिका उद्यम विकास शाखाको आयोजनामा सञ्चालित ७ दिन स्तरोन्नतीका लागि चप्पल उत्पादन सम्बन्धि तालिममा १९ जना महिलाहरुको सहभागिता रहेको थियो ।
तालिम सम्पन्न कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले स्तरोन्नतीका लागि ७ दिने तालिम पश्चात् व्यवसायिक रुपमा चप्पल उत्पादन गर्नु पर्ने बताउनुभयो । तालिम लिएर उत्पादनमा नलागे तालिमको औचित्य नरहेको बताउनुभयो । व्यवसायिक रुपमा चप्पल उत्पादन गरे गाउँपालिका बाट सहयोग प्रदान गर्नेब बताउदै उत्पादनमा लाग्न तालिममा सहभागीलाई अनुरोध समेत गर्नुभयो ।
त्यसैगरी तालिम समापन कार्यक्रममा बोल्दै २ नम्बर वडाका वडाध्यक्ष भक्तु चौधरीले तालिम लिएर उत्पादन नगरे पुनः तालिम सञ्चालन नगर्ने बताउनुभयो । महिलाहरुलाई आत्मनिर्भर बनाई सहज जिवनयापनका लागि पालिका र वडाले ठुलो लगानीमा बिभिन्न समयमा बिभिन्न तालिम सञ्चालन गर्दै आएको बताउदै नियमित आम्दानीको स्रोत हुने हिसावले व्यवसाय गर्नु पर्ने बताउनुभयो । व्यवसायिक रुपमा चप्पल उत्पादन गरेर आत्मनिर्भर बन्नु पर्ने बताउनुभयो । जोस जाँगरका साथ चप्पल उत्पादन गरेर बजारीकरण लगाएतका सबै समस्या समाधान गरे अवश्य सफल हुने बताउनु भयो । पालिकाले बेच्देला वडाले बेच्देला भन्दापनि आफै गर्छु आफै बनाएर आफै बेच्छु भन्ने इखका साथ काम गरे व्यवसाय सफल हुने बताउनु भयो ।
समापन कार्यक्रममा बोल्दै प्रशिक्षक जोगेन्द्र नेपालीले सात दिनमा के सिक्यो के सिकायौ भन्दा पनि कति ब्यवहारमा लागु भयो, कति जनाले तालिमलाई ब्यबसायिक रूपमा बद्लयौ भन्ने मुल कुरा भएको बताउनु भयो । तालिम हतिहार हो, प्रयोग नगरे खिया लाग्छ त्यसैले सिकेको कुरा ब्यबहारमा लागु गर्नुपर्ने प्रशिक्षक नेपालीले बिचार राख्नु भयो ।
कार्यक्रम गढवा गाउँपालिका २ नम्बर वडा सदस्य ओमप्रकाश चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा गढवा गाउँपालिकाका कृषि विकास शाखाकी प्राविधिक फुलनदेवी चौधरी, सहभागीको तर्फबाट हिरा चौधरी, निमा चौधरी, जमुना चौधरी र लालमति घर्ती मगरले बोल्नु भएको थियो ।
७ दिने तालिमको प्रशिक्षकमा जोगेन्द्र नेपालीले सहजीकरण गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन उद्यम विकास शाखाकी सहजकर्ता मिना चौधरीले गर्नु भएको थियो ।











