मङ्लबार, असार २३, २०८३

देउखुरीको गढवाबाट गाँजा सहित एक जना पक्राउ

Compressed by jpeg-recompress

देउखुरी २३ असार । प्रहरीले लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ।

गढवा गाउँपालिका–७ का ३१ वर्षीय राजेन्द्र चौधरीलाई गाँजा सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।
असार २१ गते साँझ ९ः३० बजे चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा असार २२ गते बिहान ९ बजे गढवा गाउँपालिका–७ मकनहवा स्थित उनको घरमा खानतलासी गरिएको थियो। खानतलासीका क्रममा घरमा लुकाइछिपाइ राखेको १३ किलो ३५० ग्राम लागूऔषध गाँजा बरामद भएको प्रहरीले बताएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धानका लागि जिल्ला अदालत दाङबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation