शुक्रबार, साउन १, २०८३

राप्ती गाउँसभाको पाँचौं बैठक सम्पन्न, कर तथा गैरकर राजस्व विधेयक पारित

मसुरिया, ३१ असार ।
दाङको राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशनअन्तर्गत पाँचौं बैठक बुधबार सम्पन्न भएको छ ।

बैठकले गाउँसभा सदस्य विष्णु पोख्रेलले पेश गर्नुभएको राप्ती गाउँपालिकाको कर तथा गैरकर राजस्व प्रशासनसम्बन्धी विधेयक, २०८३ सर्वसम्मतिले पारित गरेको छ ।

त्यस्तै, लेखा समिति संयाेजक रोशन चौधरीले पेश गर्नुभएको लेखा समितिको प्रतिवेदन र आर्थिक वर्ष २०८२/०८३ का कार्यपालिकाका निर्णय बैठकले अनुमोदन गरेको छ ।

बैठक समापन गर्दै गाउँपालिकाका अध्यक्ष तथा सभाका अध्यक्ष प्रकाश विष्टले जनप्रतिनिधिले दलगत स्वार्थभन्दा माथि उठेर सार्वजनिक हित र दीर्घकालीन विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

उहाँले नागरिकले जनप्रतिनिधिलाई दलको झण्डाले नभई व्यवहार, निर्णय र सेवाबाट मूल्याङ्कन गर्ने भन्दै राप्तीको समृद्धिका लागि सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation