शुक्रबार, साउन १, २०८३

राप्ती गाउँपालिकाद्वारा प्रहरीलाई विपद् उद्धारका सामग्री प्रदान

मसुरिया, ३२ असार ।
दाङको राप्ती गाउँपालिकाले विपद्का बेला उद्धारमा खटिने प्रहरीलाई आवश्यक सामग्री प्रदान गरेको छ ।

गाउँपालिकाले इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी मसुरियालाई विपद् उद्धारका सामग्री उपलब्ध गराएको हो ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले बिहीबार इलाका प्रहरी कार्यालय भालुबाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक गोपाल न्यौपाने र अस्थायी ट्राफिक प्रहरी पोस्ट भालुबाङका प्रहरी वरिष्ठ नायब निरीक्षक प्रेमप्रसाद पोख्रेललाई सामग्री हस्तान्तरण गर्नु भएको हाे ।

गाउँपालिकाले लाइफ ज्याकेट, डोरी, स्ट्रेचर, बञ्चरो, साबेल, गैँती, पानी बुट, हेल्मेट, आगो निभाउने यन्त्र, हँसियालगायतका सामग्री प्रदान गरेको छ ।

विपद्का बेला तत्काल उद्धार तथा राहत कार्यमा प्रहरीलाई खटिन सहज होस् भन्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको गाउँपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख सुबास भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाढी, डुबान,सडक दुर्घटना, आगलागीलगायतका विपद्का घटनामा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सामग्री उपयोगी हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation