शुक्रबार, साउन १, २०८३

ट्याङ्की निर्माण कार्य सम्पन्न, घरघरमा खानेपानी पुर्‍याउन पाइपलाइन विस्तार जारी

देउखुरी (दाङ), असार ३२ ।
राप्ती गाउँपालिका–२, लालमटिया, दाङमा रहेको लालमटिया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका लागि नयाँ खानेपानी ट्याङ्की निर्माण तथा ट्याङ्की संरक्षणका लागि बाउन्डरी निर्माण कार्य सम्पन्न भएको छ ।
खानेपानी तथा ढल निकास परियोजना, नेपालगञ्ज (बाँके) को आर्थिक सहयोगमा सम्पन्न उक्त निर्माण कार्यले स्थानीय उपभोक्तालाई सुरक्षित र गुणस्तरीय खानेपानी उपलब्ध गराउन थप सहज हुने अपेक्षा गरिएको छ ।
समितिका अध्यक्ष गुरुप्रसाद ज्ञवालीका अनुसार हाल उपभोक्ताको घरघरमा खानेपानी सेवा विस्तार गर्ने उद्देश्यले नयाँ पाइपलाइन तथा चेम्बर निर्माण कार्य तीव्र रूपमा भइरहेको छ ।

उहाँले समितिको सक्रियतामा खानेपानी आयोजनाका बाँकी पूर्वाधार निर्माण कार्य पनि निरन्तर अगाडि बढिरहेको जानकारी दिनुभयो ।समितिले यस क्षेत्रलाई सुरक्षित खानेपानीयुक्त क्षेत्रका रूपमा घोषणा गरिसकेको उल्लेख गर्दै हालसम्म धारा जडान नगरेका उपभोक्तालाई छिट्टै धारा जडान गर्न आग्रह गरेको छ ।

साथै, खानेपानी सेवा नियमित र प्रभावकारी बनाउन सबै उपभोक्तालाई पानी महसुल समयमै बुझाउन पनि अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation