राप्ती नदीमा वेपत्ता पुरूषको शव भेटियो

राप्ती नदीमा बगेर वेपत्ता भएका एक पुरूषको शव फेला परेको छ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित राप्ती नदीमा दाउरा बटुल्न गएका सोही वडाको खुरूरीया निवासी करिव ५० वर्षका गणेश्वर चाैधरीको शव आज विहान १० बजे राप्ती गाउँपालिका वडा नम्बर ३ कै राप्ती नदीको बसन्तपुरघाटमा फेला परेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिएका छन् ।

शनिबार दिउँसो ३:३० बजे दाउरा खोज्न राप्ती नदी तिर निस्केका चाैधरी राप्ती नदीमा बगेर वेपत्ता भएपछि वेपत्ता शवको खोजी कार्य तिव्र बनाउने क्रममा सोमबार विहान शव फेला परेको प्रहरी निरिक्षक शाहले जानकारी दिएका छन् । अहिले शवको मुजुल्का उठाउने काम भइरहेको र शवलाई पोष्टपार्टमका लागि लमही पठाउने तयारी गरिएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation