शुक्रबार, माघ ११, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

महाप्रभु साकोसको १४औं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न

भालुवाङ १२ कार्तिक  दाङ देउखुरीको महाप्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड राप्ती गाउँपालिका-२, लालमटियाको १४ औं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशन आज सोमबार मुनलाइट मावि लालमटियाको प्रागणमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष रूकमाङगत ज्ञवालीको अध्यक्षता एवम् सहकारी विकास बोर्डका लुम्बिनी प्रदेशका उपाध्यक्ष टिकाराम पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

साधारणसभा तथा अधिवेशनको उद्धाटन गर्दै प्रमुख अतिथी सहकारी विकास बोर्डका लुम्बिनी प्रदेशका उपाध्यक्ष पोख्रेलले सहकारी संस्थाहरुले भावी योजनाहरु बनाएर कार्यान्वयन गर्नुपर्ने बताए ।

उनले सहकारी संस्थाहरु बिधि, पद्धति र प्रबिधिमा रहेर सञ्चालन हुनुपर्ने बताए । उनले सहकारी संस्थाहरुको साधारणसभामा उद्धाटन सत्रलाई छोट्याएर बन्दसत्रमा शेयर सदस्यहरु संग ब्यापक छलफल गर्ने थलोको रुपमा विकास गर्न सुझाब समेत दिए ।

संस्थाका कार्य समिती सदस्य केशबराज खनालको स्वागत मन्तव्यबाट शुरु भएको साधारणसभामा संस्थाका अध्यक्ष रूकमाङगत ज्ञवालीले संस्थागत प्रतिवेदन, संस्थाका सचिव हरिप्रसाद भुसालले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष रामकृष्ण पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उद्धाटन सत्रलाई लुम्बिनी प्रदेशका सहकारी रजिष्टार मधुकृष्ण पौडेल र जिल्ला सहकारी संघ दाङका महासचिव शुक्रबार भण्डारी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उद्धाटन कार्यक्रमको सञ्चालन संस्थाका सचिव हरिप्रसाद भुसालले गरेका थिए ।

संस्थापक अध्यक्ष किरण भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिती निबिरोध निर्वाचित

यसैबीच सभाको बन्दसत्रले संस्थाका संस्थापक अध्यक्ष किरण भण्डारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिती निर्बिरोध निर्वाचित भएको छ ।

जसको उपाध्यक्षमा खुमबहादुर गुरुङ्ग, सचिवमा रूकमाङगत ज्ञवाली, कोषाध्यक्षमा बिबी थापा, सदस्यहरुमा हरिप्रसाद भुसाल, माधव शर्मा, सुर्य सुवेदी, सावित्रा पाण्डे र पुष्पा बैध रहको निर्वाचन समितीका संयोजक मनबहादुर पुनले जानकारी दिए ।

त्यसैगरी सभाको बन्दसत्रले आरके पौडेलको संयोजकत्वमा तीन सदस्यीय लेखा तथा सुपरिबेक्षण समिती गठन गरेको छ । जसको सदस्यहरुमा कमला बेल्बासे र युबराज भुसाल रहनु भएको निर्वाचन समितीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation