सोमवार, बैशाख १५, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्ती गाउँपालिकामा १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

राप्ती गाउँपालिकामा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

तुल बहादुर कवँर मगर
मसुरीयाँ १६, माघ।
दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं. ४ माैरीघाटमा बुधबारदेखि राप्ती गाउँपालिका स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

राप्ती गाउँपालिकाकाे आयोजना तथा माध्यमिक विद्यालय माैरीघाटको व्यवस्थापन,
कृषि विकास बैंक लिमिटेड र ज्याेति विकास बैंक लिमिटेड माैरीघाट शाखाको सह प्रायाेजनमा प्रतियोगिता सुरु भएको हो ।

राप्ती गाउँपालिकाका अध्यक्ष तथा प्रतियोगिताको व्यवस्थापन तथा निर्देशक समितिका संयाेजक प्रकाश विष्टको अध्यक्षता एवं दाङ जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यता र उपाध्यक्ष कमलापती चौधरीको विशिष्ट आतिथ्यतामा खेलकुद प्रतियोगिताकाे उद्घाटन गरिएको छ ।

खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख शर्माले खेलकुदले मानिसलाई स्वस्थ्य बनाउनुको साथसाथै अनुशासित बनाउने भएकाले मानवीय जिवनका लागि खेल अपरिहार्य रहेको बताउनुभयो ।

त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले खेलकुद प्रतियोगिताले स्थानीय स्तर बाटै खेलाडीहरु उत्पादन गर्न सहयोग पुग्ने र खेलकुदकै माध्यमबाट पालिकालाई देश तथा विदेशमा चिनाउन सकिने बताउनुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले खेलकुद प्रतियोगितालाई प्रतिस्पर्धात्मक रुपमा मात्रै नभएर आपसी मेलमिलापको रुपमा समेत लिन सकिने बताउनुभयो ।

खेल उद्घाटन कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर चाैधरी,दाङ जिल्ला खेलकुद विकास समितिका प्रतिनिधि सन्तोष ओली लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा जनप्रतिनिधि ,विभिन्न राजनैतिक दलका प्रमुख,सुरक्षाकर्मी,सञ्चारकर्मीहरुकाे सहभागीता रहेको थियोे ।

विद्यालयका प्रधानाध्यापक पूर्ण क्षेत्रीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक बासुदेव रिजालले गर्न भएको थियो ।भने सहभागीहरुलाई विद्यालयका सहायक खेल शिक्षक प्रमाेद शर्माले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

प्रतियोगितामा गाउँपालिका अन्तर्गतका ३४ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरूका प्राथमिक, आधारभूत र माध्यामिक तहका विद्यार्थीहरूको सहभागीता रहेको छ।

प्रतियोगितामा छात्र र छात्रा तर्फ अलग अलग भलिबल, कबड्डी, एथ्लेटिक्स, मार्सल आर्ट हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्यावलिङ थ्रो, सटफुट, कराँते,हिसाब दाैड खेलहरु समावेश गरिएको छ ।

खेल माघ १६ देखि १८ गते सम्म माध्यमिक विद्यालय माैरीघाटको प्राङ्गणमा चल्ने आयोजकले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation