शिक्षाको चेतनाले नै मानिस ढुंगे युगदेखि आजको मिसाइल युगसम्मको मानव सभ्यता विकसित हुँदै आएको छ । शिक्षाको चेतनाको चमत्कारिक कार्यदक्षताका कारणबाट नै चन्द्रलोक र मंगललोकको यात्रासमेत गर्न सफल भएका छन् । यसैगरी इन्टरनेट नयाँ प्रविधिका रूपमा देखापरेको छ ।
मोबाइल र इन्टरनेट मानिसको जीवनमा अभिन्न अंग बनिसकेको छ । विद्यालय जाने उमेरका बालबालिकासमेत फेसबुक र मोबाइल वा कम्प्युटर गेम खेल्न सहजै सक्छन् । आज मानिसले डिजिटल प्रविधि र इन्टरनेटको माध्यमले विश्व ब्रह्माण्डकै सूचना प्राप्त गर्न सक्छ । मानिसमा शिक्षासँगै बुद्धि र जुक्तिको पनि विकास हुँदै आएको हो । यसैले शिक्षालाई मानव विकासको प्रमुख आधार मान्नुपर्छ । यसरी मानव साधनको विकाससँगै हरेक देशको राष्ट्रिय उत्पादन र आय वृद्धि हुनुका साथै न्यायोचित वितरण र सामाजिक कल्याणको गुणोत्तरी पनि हुँदै आएको छ ।
देश विकासका लागि चेतनशील, दक्ष र उत्पादनमूलक सिपयुक्त जनशक्ति खाँचो पर्छ । शिक्षाले नै उपयुक्त जनशक्तिको सिप र सिर्जनशीलता निर्माण गर्ने हो । यसैले शिक्षा संसार बदल्ने आँखा हो भनिन्छ । अतः हरेक देशले नयाँ खोज र अविष्कार गरी तद्नुरूपको शिक्षा व्यवस्था गरेका हुन्छन् ।
नेपालको पनि शिक्षाको संस्थागत विकास हुनुपूर्व प्राचीन समयमा शिक्षा धर्ममा आधारित परम्परागत शिक्षा व्यवस्था थियो । धार्मिक शिक्षाअन्तर्गत गुरुकूल, गुम्बा, बिहार, मठमन्दिर आदि शिक्षाका केन्द्र थिए ।
सातौ शताब्दीमा राजा अंशु बर्माले गरेको शिक्षा पद्धतिको वर्गीकरण एवं शैक्षिक परम्परा हेर्दा शैव, वैष्णव र बौद्ध सम्प्रदाय गरी तीन किसिमबाट विद्यालय चलेका थिए । प्राचीन शिक्षा पद्धति राजकूल पद्धति, पितृकूल पद्धति, ऋषिकूल पद्धति र गुरुकूल शिक्षा पद्धति नै प्रचलितमा थिए । त्यतिबेलाको शिक्षा पद्धतिअनुसार शिष्यहरू गुरुको सानिध्यमा रही ज्ञान आर्जन गर्ने व्यवस्थामा आत्मानुभूति, परलोक प्राप्त गर्नु नै शिक्षाको मुख्य उद्देश्य मानिन्थ्यो ।
शताब्दी देखि आएका कुराहरूलाई मनन गर्दै नवलपुर बासीको साथमा मानवीय विकासको महत्वपूर्ण पाटोको रूपमा रहेको शिक्षा क्षेत्रलाई समय सापेक्ष परिवर्तन गर्न जरुरी देखिन्छ । जसमा सभ्य, उन्नत, गतिशील, चेतनशील र सिर्जनशील समाजको निर्माण गर्ने एवं देश लाई विज्ञान र प्रविधिको बाटोमा अगाडी बढाउन साथै समृद्ध देश निर्माणको लागी तथा देशमा नयाँ पुस्ता निर्माण गर्न शिक्षा नै पहिलो ढोका हो ।
यसैलाई मध्यनजर गर्दै, हामी वैदेशिक रोजगारी को सिलसिलामा खाडी मुलुक युएईमा रहेका नवलपरासी पूर्व सुस्ता नवलपुर बासीहरू लाई गोलबन्द गर्दै २०१६ मा संस्थापना भएको नवलपुरेहरुको छाता संगठन गठन गरिएको नवलपुरेहरुको छाता संगठन नवलपुर सेवा समाज यू.ए.ई.ले शिक्षा क्षेत्रलाई बिषेस ध्यान दिँदै नवलपुर भित्रका विद्यालयमा पठन पाठन गर्ने बालबालिकाहरूको सहयोगार्थ गरिब एवं जेहनदार विधार्थीलाई सहयोग तथा सम्मान होस भन्ने उदेश्यले नवलपुर सेवा समाज यू.ए.ई. को वार्षिक कार्ययोजना अनुरूप नवलपुर जिल्लामा रहेका ४ नगरपालीका, ४ गाउँपालीकामा अवस्थित विद्यालयहरु मध्ये हरेक बाट एकलाई समेटेर ८ अक्षय कोष निर्णय बमोजिम नवलपुर सेवा समाज युएइले चौथो अक्षय कोष स्थापनार्थ कार्यक्रम चौथो कार्य समितिद्वारा चौथो अक्षयकोष निर्माण मध्य बिन्दु नगरपालिकामा रहेको श्री सरस्वति आधारभुत विद्यालय मध्य बिन्दु १२ वेलहानि नवलपरासी (ब.सू.पु.) नवलपुर सेवा समाजका सल्लाहकार श्री जितु ठकुरीको संयोजकत्व तथा संस्थापक अध्यक्ष श्री भीम बहादुर हमालको सक्रियतामा सम्पन्न भएको थियो ।