सोमवार, बैशाख १५, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

चीनले सार्वजनिक गर्‍यो खतरनाक सशस्त्र ड्रोन

चीनको एफएच–९५ सशस्त्र ड्रोनले हालै सफल परीक्षण गरेको चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले खबर दिएको छ ।  यसले देशको विद्युतीय युद्धक्षमतामा नयाँ आयाम थप्ने ग्लोबल टाइम्स लेख्छ ।
बेइजिङबाट प्रकाशित हुने पत्रिका अनम्यान्ड भेहिकल्सका अनुसार, एयरोस्पेस टाइम्स फेहोङ टेक्नोलोजी कर्पोरेसनले बनाएको ड्रोनको सफल परीक्षण नमा नखुलाइएको एयरबेसमा गरिएको हो ।
यस ड्रोनको तौल १०० किलो भएको र यसले २५० किलोको पेलोड (बम) बोक्न सक्ने बताइएको छ । यो एकपटकमा २४ घन्टासम्म उड्न सक्छ ।
यस ड्रोनमार्फत सशस्त्र निगरानी, सीमा गश्ती र जलक्षेत्रीय पर्यवेक्षण गर्न सकिन्छ । यो ड्रोन समूहको एक अंगका रूपमा पनि उपयोगी हुन्छ । यसले चालकयुक्त तथा चालकरहित विमानलाई विद्युतीय युद्धमा सहयोग गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation