बिहिबार, जेष्ठ २, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्ती गाउँपालिका भित्र रहेको सडक छेउका रुख कटान हुँदा सर्बसाधारणलाइ सास्ती

देउखुरी । पूर्व–पश्चिम राजमार्गको लमही – भालुवाङ सडक अन्तरगत राप्ती गाउँपालिका सडक छेउमा रहेका सुस्ताउने चौतारी मासिएका छन् ।

राप्ती गाउँपालिका भित्र रहेको सडक छेउका रुख कटान हुदा सवारीसाधन कुर्न बस्ने यात्रु तथा बुढापाका सुस्ताउने चौतारी मासिदा असहज भएको छ । एक महिना अघिसम्म थकाइ मार्ने र चौतारीमा बसेर गफगाफ गर्ने मानिस ठाउँ–ठाउँका चौतारीमा प्रशस्त देखिन्थे । तर, अहिले वर–पिपल, स्वामीका बोटसहितका चौतारा देखिन छाडे ।

राप्ती गाउँपालिका वडा नं. २ को लालमटिया चोकमा स्व. रविलाल न्यौपानेले वि.स. २०४९ सालमा रोप्नु भएको बर पिपल ५ मिनेटमै विलय भयो हिमलाल घिमिरेले भने । अब, ती वरपिपलले कसैलाई ओत दिने छैन । किनकि ती वर–पिपल अनाहकमा काटिए । ‘विकास गर्ने हो तर जनतालाई जबरजस्ती बिना जानकारी काटियो,’ घिमिरेले भने ‘दाँया वाँया खाली गर्ने भन्ने बिहान सूचना आयो दिउँसो वर–पिपलनै काटियो ।’

उक्त चौतारीमा प्रतिक्षालय समेत बनाइएको थियो । स्व. न्यौपानेका छोरा युवराज न्यौपाने भने ‘हामीले तलबाट नै वाल उठाएर प्रतिक्षाल निमार्ण गरेको थियौ, सबै मासियो ।’

धार्मिक आस्थाका कारण रोपेर हुर्काएका वर पिपल चौतारी बटुवालाई थकाइ मार्न सजिलो मात्र थिएन, गाउँ समाजमा भएका समस्या र विवाद मिलाउन भेला हुनुको साथै बुढापाका सुस्ताउने थलोका रूपमा चौतारी रहेका थिए । तर बाटो विस्तारको नाममा सडक छेउका रुख कटान हुदा सबै मासिएर गएका छन् । लालमटिया चोकमा रहेको वरपिपल सबैकालागि प्राण सरी सितल दिन्थ्यो । ‘हाम्रो एरियाको प्राण थियो । बुढाहरुले सास फर्ने ठाउँ थियो । दुख लाग्यो वर्षौ देखिको पौवा अब रहेन’ घिमिरेले भने ।

लुम्बिनी प्रदेशको राजधानी अस्थायी मुकाम बुटवलबाट स्थायी राजधानी राप्ती उपत्यका देउखुरी सार्दै गर्दा राजधानी व्यवस्थित गर्ने भन्दै राप्ती गाउँपालिकाले सडक किनारमा रहेका झाडी सफाई अभियान चलायो । त्यसको केही दिन अघि अर्थात मंसिर २० गते सडक डिभिजन कार्यालयले चेतावनीसहितको सूचना प्रकाशित गरेको थियो । सडकको दायाँ ३१ र बायाँ ३१ मिटर खाली गर्ने सूचना थियो । त्यही आधारमा धमाधम संरचना हटाउन थालियो । लगत्तै रुखहरु पनि काट्न थालियो । सोही क्रममा वरपिपलका रुख समेत काटिए ।

पूर्व–पश्चिम राजमार्गको राप्ती २ कटेशनाला देखि सिंङ्गेखोलासम्मको करिव १३ किलोमिटर सडकको क्षेत्रभित्र परेका चौतारी मासिय । विशेष गरी राप्ती २ का सबैभन्दा धेरै चौतारी मासिएका छन् । अहिले जाडो महिना छ, पछि गर्मिमा नानी बाबुलाई स्कुल पठाउदा कहाँ छाहारी खोज्ने थाहा छैनका, काटिएको वरपिपलको ठुटा हेर्दै पुनाकुमारी गाहाले भनिन् ।

बढ्दो मानव बस्ती र फैलिँदो सडकको चपेटामा परेका छन् यस्ता चौतारीहरू । सडक किनार सफाइ तथा विस्तारका नाममा चौतारी धमाधम मासिदै गएको प्रति चिन्ता व्यक्त गर्दै राप्ती २ का पदम प्रसाद रिजालले धर्म छाडा र अधर्मीहरुले बुढापाकाले लगाएको वरपिपल काटेको भन्दै दुख व्यक्त गरे ।

राजधानी व्यवस्थित गर्दैगर्दा सडक किनारका झाडी सफाई अभियान चलाएका थियो तर यहाँ सबै रुख काटिएका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकास विष्टले बताए । विष्टले भने ‘संयोग भन्नु पर्छ हामीले सफाइ अभियान चलाउनु र सडक डिभिजन कार्यालयको सूचना आउनु सँगै भयो ।’

सडक विस्तारका क्रममा ७/८ मनिापछि फाल्नु पर्ने भए सोही समयमा जाने थियो’ अध्यक्ष विष्टले भने ‘तत्काल सडक छेउका वरपिपल नकाट्नु पर्नेे यहाँका जनता एक स्टेप अगाडी बडे ।’ विकासको नाममा हुने यस प्रकारको बिनासको तत्काल विकल्प खोज्दै चौतारीलाई पुनः अन्य सार्वजनिक महत्वका स्थानमा स्थानान्तरणसँगै राप्ती किनारमा वरपिपल रोपी त्यसको संरक्षण गर्ने विष्टले बताए ।

विकास भनेको विनास होइन तर राप्ती गाउँपालिकामा विकासको नाममा विनास भएको स्थानीयको भनाइ छ । ग्रामीण क्षेत्रको मौलिकता बचाउने काममा लाग्नुपर्ने स्थानीय तहको प्राथमिकतामा यस्ता विषय भने पर्न सकेका छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation