सोमवार, मंसिर २४, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

आँखाको ‘डार्क सर्कल’ (कालो घेरा) र यसको उपचार

काठमाडौं । पछिल्लो समय सानै उमेरमा पनिआँखामा ‘डार्क सर्कल’(कालो घेरा) को समस्या देखापर्न थालेको छ । पर्याप्त मात्रामा निद्राको कमी, कामको चाप र अत्यधिक तनावका कारण आँखामा ‘डार्क सर्कल’ देखा पर्ने छालारोग विशेषज्ञ डा. सबिना भट्टराईको भनाइ छ ।

आँखाको डार्क सर्कलले मानिसको सौन्दर्यमै ह्रास ल्याइदिन्छ । खासगरी, भिटामिनको कारणले आँखाको वरिपरि ‘डार्क सर्कल’ देखा पर्ने गर्छ । थोरै आराम गरेर बढी काम गर्ने, तनाव लिने, पर्याप्त नसुत्ने लगायत कारणले आँखाको वरिपरि ‘डार्क सर्कल’ देखापर्ने हुन्छ। यसले मानिसको समग्र सुन्दरतामै असर गरेको हुन्छ ।

‘डार्क सर्कल’ हटाउने विभिन्न उपचार विधि हुन्छन् । विशेष गरेर चिकित्सकले मेडिकल उपचार भन्दा भिटामिनमा ख्याल गरे मात्र पनि यो हट्ने बताउने गरेका छन् । भिटामिन पाइने खाने कुरा खाएमा समस्या समाधान हुने उनीहरुको सुझाव छ । आँखाको डार्क सर्कल हटाउन यी भिटामिन पाइने खानेकुरा खानुपर्छ :

भिटामिन ‘ए’ पाइने खानेकुरा :
भिटामिन ‘ए’ युक्त खाना खाँदा छालाको ‘रिपेयरिङ’ र ‘टाइटनिङ’मा टेवा पुग्छ । साथै, छालामा रक्तसञ्चार पनि तीव्र हुन्छ । त्यसैले डार्क सर्कल हुनेहरूले गाँजर, फर्सी, पाकेको मेवा, आँप, हरियो सागपात बढी खानुपर्छ । यस्ता खानेकुरामा भिटामिन ‘ए’ पाइन्छ ।

भिटामिन ‘सी’ पाइने खानेकुरा :
भिटामिन ‘सी’ले दिमागमा सेराटोनिन नामक रसायन बढी उत्सर्जन गराउँछ । जसले गर्दा राम्रोसँग निदाउन सकिन्छ । सुन्तला, कागती, अमला, खर्बुजाजस्ता भिटामिन ‘ए’ युक्त खाना बढी खाने गर्नाले आँखाको ‘डार्क सर्कल’ विस्तारै कम हुँदै जान्छ ।

भिटामिन ‘के’ पाइने खानेकुरा :
भिटामिन ‘के’ले रगतलाई गाढा बनाउन सहयोग गर्छ । यसले रक्तसञ्चारलाई पनि तीव्र बनाउँछ । अंगुर, ब्लुबेरी, बन्दागोभी, ब्रोकाउली, केराउ आदिमा भिटामिन ‘के’ प्रशस्त पाइन्छ । आँखामा ‘डार्क सर्कल’ भएकाले यस्ता खाना बढी खाने गर्नुपर्छ ।

भिटामिन ‘ई’ पाइने खानेकुरा :
भिटामिन ई’मा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । जसले छालामा जम्मा भएका विकारलाई शरीरबाहिर निकालेर यसलाई चम्किलो बनाउँछ । त्यही भएर ‘डार्क सर्कल’को समस्या भएकाले पालुंगो, हाडे बदाम, किवी, ओखर, सूर्यमुखीका बिजजस्ता भिटामिन ई’ युक्त खानेकुरा बढी खानुपर्छ ।

जथाभावी औषधि नखाने :
जुनसुकै समस्या भए पनि हल्लाको भरमा औषधि खाने चलन नेपालीमा बढी देखिन्छ । जथाभावी औषधि प्रयोगले साधारण औषधिले ठीक हुने समस्या जटिल बन्ने चिकित्सकको भनाइ छ । धेरै समय हल्लाकै भरमा औषधि खाएकै कारण सामान्य ढुसी पनि निको नहुने दर बढेको हो । कुनै पनि उपचार गर्दा बाह्य संक्रमण नजुधोस् भनेर बिरामी अथवा कुनै समस्या भएको व्यक्ति आफैं सचेत हुनुपर्छ ।

आफूखुसी उपचारको नाममा औषधि खाएमा रोग निको नभई थप समस्या बल्झिनसक्ने खतरा हुन्छ । चिकित्सकलाई भेट्नुअगावै जथाभावी औषधि प्रयोग गर्दा सामान्य किसिमको फंगल्सको संक्रमणमा पनि लामो समय औषधि खानुपर्ने हुनसक्छ । समस्या भएमा समयमै जाँच गरेर चिकित्सकको सुझाव अनुसार औषधि प्रयोग गर्न सकिन्छ । तर, जथाभावी प्रयोग हुने औषधिले स्वास्थ्यमा थप जटिलता ल्याउँछ । #खबर हवबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation