
भालुबाङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको स्वर्गद्वारी प्राथमिक तथा गृहिणी महिला आधारभूत विद्यालयकाे चमेना गृहमा बिहीबार दिउँसो आगलागी भएको छ ।
चमेना गृहमा विद्यार्थीहरुलाई खाजा पकाउने क्रममा दिउँसो करिब साढे बाह्र ग्यास लिग भएर आगाेलागी भएको विद्यालयकी प्राध्यानाध्यपक सविता चाैधरीले जानकारी दिनु भएको छ ।
आगलागीबाट चमेना गृहमा रहेका फर्निचर, भाँडाकुँडा, ग्यास चुला, कार्पेट लगायतका सामाग्रीहरु जलेर नस्ट भएको प्राध्यानाध्यपक चाैधरीले जानकारी दिनु भएको छ ।
आगाे लागि बाट अन्दाजी करिब बीस हजार बराबरकाे क्षति भएको उहाँले जानकारी दिनु भएको छ । आगाे नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दाहरुकाे सहभागीतामा नियन्त्रण गरिएको थियोे ।