
देउखुरी । हरेक वर्ष शिक्षामा लागानी भइरहेको छ । उक्त लगानी गुणस्तरीय शिक्षामा भन्दापनि विद्यालयको भौतीक संरचनामा लगानी भइरहेको छ । तर विद्यार्थीको चेतनामा सुधार भएको पाइदैन । विद्यालयमा शिक्षा मात्र होइन व्यवहारीक शिक्षा समेत दिन आवश्यक देखिन्छ । यसै कुरालाई मध्यनजर गर्दै राप्ती गाउँपालिकाले नयाँ कार्यको थालनी गरेको छ । विद्यालयमा शिक्षाको साथसाथै व्यवहारीक शिक्षाको आवश्यकता औलाउदै पालिकाले ‘जीवन मुल्य शिक्षा’ अभियान चलाएको छ ।
चेतना विकास फाउण्डेशनको प्राविधिक सहयोगमा जीवन मुल्य शिक्षा सुरु गरेको हो । पालिकाले माध्यमिक विद्यालय मौरीघाट, आर्दश नमुमा माध्यमिक विद्यालय लालमटिया र करङेकोट प्रावी मा जीवन मुल्य शिक्षा सुरु गरेको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । अध्यक्ष विष्टले भने ‘यस अभियान अनुसार हामीहरु सामुदायिक र संस्थापक विद्यालयमा शैक्षिक उपलब्धीलाई कसरी व्यवस्थित पार्न सकिन्न भन्ने अभियानमा लागेका छौ ।’
यस आर्थिक वर्ष पालिकामा ३ विद्यालयमा यसको कक्षा सुरु भएको छ । आगामी वर्ष थप विद्यालयमा ‘जीवन मुल्य शिक्षा’ संचालन गर्ने अध्यक्ष विष्टले जानकारी दिए । चेतना विकास फाउण्डेशनका अध्यक्ष कमल सिलवालले शिक्षक र अभिभावकलाई प्रशिक्षण दिदै आएका छन् । सिकाइमा जव सम्म अभिभावकाको सहभागीता हुदैन तव सम्म सिकाइ सोचेको उपलब्धी हुन सक्दैन । जीवन मुल्य सिकाइ भनेको विद्यालय र घर जोड्ने पुलको काम गर्ने शिक्षा चेतना विकास फाउण्डेशनका अध्यक्ष कमल सिलवालले बताए । सिलवाल भने ‘हामी १ देखि ८ कक्षासम्म पढाउने शिक्षकलाई ७ दिनको कार्यशाला दिने गछौं । जसले शिक्षकले सोच्ने शिक्षामा रुपान्तर हुने छ र त्यसपछि शिक्षकले पहिलो कक्षामा जीवन मुल्य शिक्षाका विषयमा कुरा गर्ने छन् ।
यो शिक्षा लागु भएको विद्यालयमा अभिभावक शिक्षा कार्याक्रमहरु वर्षमा ३/४ पटक दिने गरिन्छ । यो सँगै विद्यार्थीकोे भूमिका, दायित्व र व्यवस्थापनका विषमा छुट्टै कक्षा संचालन हुनेछन् । विद्यालयमा वर्षभरी नै कक्षा संचालन हुनेछ । प्रत्येक दिन जीवन मुल्य शिक्षाको विषयमा हरेक दिन कक्षा हुन्छन् । पहिलो कक्षामा पढ्ने होइन पढाउन तयारी गर्ने कक्षा हो सिलवाल भन्छन् ‘कक्षागत रुपमा फरक फरक उमेर अनुसार कक्षा सञ्चालन हुनेछन् ।’
जीवन मुल्य शिक्षा के हो ?
श्वयम प्रतीे, परिवार प्रतीे, समाज प्रती र प्रकृति प्रतीको दृष्टि मुलक शिक्षा नै जीवन मुल्य शिक्षा हो । जसले व्यवहारीक रुपमा बुझ्ने शिक्षा नै जीवन मुल्य शिक्षा रहेको कमल सिलवाल बताउछन् । यस भित्र मुख्य दुई वटा उद्देश्य छ । एक शिप मुलक र अर्को दृष्टिकोण मुलक । तर नेपालको शिक्षा हेर्ने हो भने शिप मुलकमा नेपालले ठूलो भुमिका निर्भाह गरेको छ । सिपालु मानिस जन्माएको छ तर नेपालको शिक्षा सफल भएको छैन । फाण्डेसनका अध्यक्ष कमल सिलवाल भन्नछन् ‘समाजमा हुने मुलभुत समस्या समाजको संरचना छ तर वास्तबिक समाज छैन, घर छ परिवार छैन ।
शिक्षाले परिवार तर्फको दृष्टिकोण सृजन गर्न सकेको छैन । जीवन मुख्य शिक्षाको मुख्य उदेश्य नै व्यवहारीक शिक्षामा जोड दिनु हो ।’