शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

भालुवाङ महोत्सवमा रमाए दर्शक गायक खाँड संग

भालुवाङ ३० फागुन । दाङको राप्ती गाउँपालिका १ भालुवाङमा सञ्चालन भइरहेको पाँचौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवको मंगलवार बाह्रौं दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुले मञ्च तताएका छन् ।

“कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०७९ को अभियान” भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा फागुन १९ गते देखि चैत १ गते सम्म भालुवाङ पुल्चोक स्थित निमार्णाधिन बसपार्कमा महोत्सव सञ्चालन गरिएको छ ।

महोत्सवमा चर्चित लोक दोहोरी गायक तथा मोडेल रामजी खाँडको प्रस्तुतिमा दर्शक झुमेका थिए । उनको प्रत्येक गितमा दर्शकको हुटिङ र नाचेर साथ दिएका थिए । उनले दामी देखिन्छ, फुलफुलेर पहेलै भयो, अमिलो रसैले, जिम्माल बा कि छोरी, पानको पत्ता छ लगायतका गित गाएर दर्शकहरूलाई भरपुर्ण मनोरञ्जन दिएका थिए । त्यस्तै गायक बसन्त लम्साल दर्शकका माझमा गएर गीत आउँदा युवायुवतीहरु हुटिङ गर्दै नाचेर साथ दिएका थिए ।

त्यस्तै अर्का गायक तथा उद्घोषक राजेश भण्डारीले पनि आफ्ना विभिन्न प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । भने थारु गायक राजेन्द्र चौधरीले विभिन्न भाषाभाषीका गीत गाएर दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । उनले गायका गीत मध्ये चली जइवी साली लमही बजार र भोजपुरी गीतमा दर्शकहरु बढी मात्रामा रमाएका थिए । आफ्ना विभिन्न गीत मार्फत दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।

त्यस्तै महोत्सवमा उद्घोषकहरु अशोक रावल, वर्षा पाण्डे र एलिसा डान्स ग्रुपले दर्शकहरुलाई छमछमी नचाएका थिए । भने स्थानीय कलाकारहरुले पनि आ–आफ्नो प्रस्तुति दिएर दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।

यसैगरी चैत्र १ गते अर्थात आज अन्तिम दिन चर्चित लोक दोहोरी गायक पुस्कल शर्मा, गायिका संगिता चितौरे, गायक तथा उद्घोषक राजेश भण्डारी, उद्घोषकहरु अशोक रावल, वर्षा पाण्डे र एलिसा डान्स ग्रुप लगायतका कलाकारहरु आउन लागेको मेला व्यवस्थापक एसके शर्माले जानकारी दिएका छन् । यसै बीच महोत्सव आज दिउँसो १ बजे एक समारोहका बीच समापन गर्ने आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र ९ करोड बराबरको कारोबार गर्ने लक्ष्य राखिएको छ । महोत्सवबाट भएको आम्दानीले उद्योग वाणिज्य संघको भवन निर्माण तथा फिल्ड मर्मत गर्ने र केहि रकम लालमटियामा रहेको दृष्टिविहिन छात्राबासको भवन निर्माणमा समेत सहयोग गर्ने आयोजकले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation