बिहिबार, चैत्र ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

गढवामा २ दिने नि:शुल्क आँखा शिविर सञ्चालन हुँने

गढवा । दाङको गढवा गाउँपालिकामा २ दिने नि:शुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।

गढवा गाँउपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको विशेष पहल तथा तिलगंगा आँखा प्रतिष्ठान गाैशाला काठमाडौं, तिलगंगा शल्यक्रिया आँखा केन्द्रको प्राविधिक सहयोग र गढवा गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन हुन लागिएको हो ।

गढवा गाउँपालिका वडा नम्बर १ को जेठानगाउ स्वास्थ्य चौकीमा यही चैत १७ गते शुक्रबार र गढवा गाउँपालिकाको कार्यालयको सभाहलमा यही चैत १८ गते शनिवार आँखाको चेकजाँच गरिने गढवा गाउँपालिकाका शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिनुभयो ।

विभिन्न स्थानमा आर्थिक अभावमा कारण आँखा उपचारबाट बन्चित भएका पालिकाबासीहरुका लागि नि:शुल्क आँखा उपचार गर्ने उद्येश्यले साे शिविर संचालन गर्न लगिएकाे गाउँ पालिकाका यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।

त्यस्तै उहाँले गाउँघरमा धेरैजसो न्यून आयस्तर भएका नागरिक, गरिब, विपन्नको बसोबास हुने र उनीहरूकाे स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभावले गर्दा रोगसँग दिनहुँ लडेर बसिरहन बाध्य हुने भएकाले यस शिविरले गाउँका नागरिकलाई धेरै फाइदा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

गढवा गाउँपालिका स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार उक्त दुई स्थानमा छनौट भएका मोतिबिन्दुका विरामिहरुको तिलगंगा सर्जिकल आँखा उपचार केन्द्र सिसहनियामा २०७९ चैत २० र २१ गते तिलगंगा आँखा प्रतिष्ठान गाैशाला काठमाडौं बाट आउनु हुने बरिष्ठ नेत्र राेग विशेषज्ञ टोलि द्वारा नि:शुल्क सल्यक्रिया गरिनेछ ।

गढवा गाउँपालिकाले यस भन्दा पहिले पनि नेपाल नेत्र ज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज, लमही आँखा अस्पताल लमही दाङको प्राविधिक सहयोगमा उज्यालो अभियान साझेदारी कार्यक्रम अन्तर्गत २ हजार ६ सय २९ जना आँखाका बिरामीहरूलाई नि:शुल्क चस्मा र औषधि वितरण गरिसकेको छ भने २ सय ६० जना मोतिबिन्दु भएका बिरामीहरूको नि:शुल्क शल्यक्रिया भएको गढवा गाउँपालिकाले जनाएको छ ।

नि:शुल्क आँखा उपचार शिविरमा सहभागि भई लाभ लिन गाउँ पालिकाले सम्पूर्ण गाउपालिकाबासीलाई आग्रह समेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation