सोमवार, मंसिर २४, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

पाखापानीमा कृष्णसेन इच्छुक स्मृति प्रतिष्ठानको भवन निर्माण हुँदै

देउखुरी । सहिद कृष्णसेन इच्छुक स्मृति सञ्चार प्रतिष्ठानको भवन निर्माण कार्य सुरु भएको छ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती गाउँपालिका १ पाखापानी स्थित १ नम्बर इन्टेक छेउमा भवन निर्माण गर्न थालिएको हो । उक्त भवनको लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री कुलप्रसाद केसी र बरिष्ठ सञ्चारकर्मी महेशचन्द्र रिजालले संयुक्त रुपमा बुधवार शिलन्यास गरेका छन् ।

भवन शिलान्यास गर्दै पुर्व मुख्यमन्त्री केसीले महान सहिद कृष्णसेन एक सञ्चारकर्मी मात्र नभएर साहित्यकार र राजनितीज्ञ समेत भएकोको स्मरण गराउँदै सेनको प्रेरणाले राजधानी क्षेत्रमा प्रतिष्ठान निर्माणले एउटा छुट्टै चिनारी हुने र उनका कृतिहरू समेत सजाएर राख्ने बताएका छन् ।

रोल्पाको लिवाङमा प्रतिष्ठान दर्ता भएतापनि प्रतिष्ठानको भवन भने लुम्बिनी प्रदेशको राजधानमा निर्माण हुन लागेको हो । प्रतिष्ठानका अध्यक्ष मानसिंह विकले भने यस प्रतिष्ठानको कार्य क्षेत्र लुम्बिनी प्रदेश रहेको हुदा यसै क्षेत्रमा भवन निर्माण गर्न लागिएको हो ।

पाखापानी निवासी समाजसेवी गञ्जबहादुर विष्टले भवन निर्माणका लागि १० धुर जग्गा उपलब्ध गराएका छन् । विष्टले स्व. बुवा/आमा भिमबहादुर विष्ट, गौमती विष्ट र स्व. बुहारी रचना विष्टको सम्झनामा भवन निमार्णका लागि जग्गा उपलब्ध गराएका हुन् ।

लुम्बिनी प्रदेशका तत्कालीन आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले २५ लाख बजेट भवन निमार्णका लागि विनियोजन गरेका थिए । सो भवन जेष्ठ मसान्तसम्म निर्माण सक्नु पर्ने छ । भवन निर्माणको प्राविधिक सहयोग राप्ती गाउँपालिकाले गरिरहेको इन्जिनियर अशोक बेल्वासेले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation