Dangali Onlinekhabar

Advertisment

SKIP THIS

किचकन्या सङ्ग एक रात

जब जब उसको पहिलो जागिरको दरबन्दी पत्र हात पर्यो । दरबन्दी पत्र लिनका लागि जिल्ला हुलाक कार्यालय, दाङमा बोलाइएको थियो । आत्तिदै आत्तिदै कति बेला साथी भाईलाई भेटेर त्यो कुरा भनौ अनि घरमा पुगेर सबैलाई सुनाउ भन्ने भयो । त्यो दिन मनमा एक दमै उत्सुकता भैरहेको थियो । का जाउ, यो कुरा कसलाई सुनाउ ? मेरो मनको खुसी कसलाई र कुन शब्दले व्यक्त गरौं ? “दुई तीन बर्षका बच्चा बच्चीहरु धुलोमा बुर्कुसि मार्दै लड्दै र पड्दै धुलाम्य भएर खुसी हुँदै खेले जसरि” उसको मनमा यहीँ कुराहरु मात्रै खुसी हुँदै खेलिरहेका थिए । घरमा सबै जनालाई सुनायो, परिवार पनि सबै खुसिले गदगद भए ।

एक दुई दिन जिल्ला हुलाक दाङमै गयो । काम कसरी गर्ने, के के गर्नु पर्ने भन्ने कुराको जानकारी दिनको लागि जिल्लामा बोलाईएको थियो । एत्तिकैमा दुई दिन पनि बित्यो र त्यस्को अर्को दिन घरमा सबै जना निरास भए घर देखि बाहिर नहिडेको मान्छे, हुन त जागिरको लागि जाँदै थियो तर पनि निरासपनले परिवारको अनुहार “बादलले लुकाएर राखेको घाम जस्तो अधेरो देखिन्थ्यो ।” झोला झाम्टा बोकेर घर बाट निस्कियो र दाङ देखि भालुबाङ हुँदै आफ्नो गन्तव्य तर्फ लाग्यो ।

लामो समय लगभग दस साढे दस घण्टाको यात्रा झण्डै तीन सय चालीस  किलोमीटरको दुरि पार गर्दै बल्ल तल्ल पुग्यो आफ्नो गन्तव्यमा र उसको गन्तव्य थियो गोरखा । ईलाका हुलाक कार्यालय गोरखामा परेको थियो उस्को दरबन्दी । उ बस बाट ओर्लियो र नजिकै रहेको बस बिसौनीमा गएर बस्यो, “जब नेपाल बाहिर बर्षौ सम्म बसेर पन्ध्र दिनको समय लिएर नेपाल आएको र साथिको बिहेमा गई कसैलाई पनि नचिनेका कारण एउटा कुर्सिमा बसेर टोलाउनु भन्दा अरु उपाए नभएको मान्छे जसरी” उ पनि दायाँ बायाँ जताततै हेरिरह्यो र टोलाईरह्यो । चिनेको भन्ने को नै हुनु त्यति टाढाको ठाउँमा ? झण्डै आधा घण्टा त्यसरी नै बसेर “बिरालोले मुसा समातेर घाइते बनाइसके पछि मर्नु भन्दा पहिले रंगशालामा फुटबल खेलाडीले बल खेलाए जसरि बिरालोले मुसो खेलाए झै गरि” उसले पनि मनमा धेरै कुराहरु खेलायो ।

घरबाट राती दस साढे दस बजे हिडेको उ अर्को दिन बिहान आठ साढे आठ बजे तिर पुगेको थियो गोरखा । बसेर टोलाएर मात्रै हुँदैन भन्ने सोच्यो र नजिकै रहेको किराना पसलमा गएर चियाको चुस्की लगाउँदै बडेमानको पेट पुट्ट निस्केको व्यक्ति उनी थिए त्यो पसलको साहु र सोध्यो साहुजी म दाङ देखि आएको मलाई ईलाका हुलाक कार्यालयमा जानु छ, म पहिलो पटक यहाँ आएको मलाई यहाँको बारेमा के हि पनि थाहा छैन भन्दै विनम्रताका साथ टिठ लाग्दो देखिन्थ्यो उस्को अनुहार र सोध्यो । चुस्की लगाउदै गरेको चियाको कप सोकेस माथि राख्दै उठे र सोधे अनुसारको ठेगाना बताएर उ सोही ठेगाना तर्फ लाग्यो ।

साढे नौ बजे त्यहाँ बाट हिडेको लगभग पच्चिस मिनेटको यात्रा गरिसके पछि पुग्यो आफ्नै दरबन्दी लिएको कार्यालयमा “जब एउटा सानो बच्चा मेला महोत्सवमा आमा बाट छुटेर घण्टौ सम्म एक्लिएको हुन्छ र एक्कासी झ्याप्प आमालाई देख्ना साथ एकदमै खुसी हुन्छ” त्यसरी नै मन मनै एकदमै खुसी भयो उ । त्यहीँ पच्चिस मिनेटको बाटो हिड्दा पनि “स्कुलमा शिक्षकले गृहकार्य दिएको विद्यार्थीहरुलाई जस्ले गृहकार्य गरेको छैन भन्ने अनुमान लगाएर त्यहि विद्यार्थीलाई सोध्छन” त्यसरी नै बाटोमा जति मान्छे भेटिन्छ दुई चार जना छोड्दै सबैलाई सोध्दै सोध्दै पुगेको थियो आफ्नो कार्यालय पसले साहुजिले बताएको ठेगानामा ।

तर सरकारी कार्यालय दस नबज्दै त खुल्ने कुरा भएन । “जब आफ्नो मन परेको मान्छे भेटघाटका लागि आउछु भनेर उसको प्रतीक्षामा बसेर भेट भइन्छ र बयान गर्न नसक्ने खुसी मिल्छ” हो त्यस्तै नै भयो उसलाई त्यही दस पन्ध्र मिनेटको पर्खाइमा बसेर कर्मचारीको उपस्थिति भएपछी र हतार गर्दै आफ्नो परिचय दियो त्यस पछि कार्यालय भित्र गयो । व्यक्तिगत र कार्यलयको कामको केही समयको भलाकुसारी पछि नजिकै रहेको नास्ता पसलमा गई सामान्य चिया खाजा भैसके पछि कार्यालय बन्द गर्ने समय भयो किनकि शुक्रवारको दिन परेको हुनाले कार्यालय छिटै बन्द भयो र त्यहाँ बाट बाटो लागे ।

बस्नको लागि बन्दोबस्त गर्न उ र एक जना कर्मचारी गाउँ तिर लागे । कर्मचारी स्थानीय नै भएका कारण उसलाई थाहा थियो कस्को घरमा बस्नको लागि राम्रो व्यबस्था सहित भाडामा कोठा भएको घर छ भन्ने कुरा र उनी सरासर त्यही घरमा पुगे । घरबेटी संग भेट भयो, नयाँ मान्छे, के कस्तो स्वभावको भन्ने कुरामा आनाकानी भयो, बस्ने नै हो भने यसो गर्नु पर्छ, यो गर्नु हुँदैन यी यावत कुराकानीका बारेमा झण्डै पैतिस चालीस मिनेटको भलाकुसारी पछि त्यही बस्ने पक्का भयो । यता उता गर्दा गर्दै रात पर्यो र खाना खाएर सुत्यो ।

“मकै, गहुँ मिलमा पिसाउदा पिठो भएर झरेको बोरामा माथी माथी थुप्रिदै आएर बनेको थुप्रो जसरी” नयाँ ठाउँ के होला कस्तो होला, भन्ने कुराहरु उसको मनमा थुप्रिदै आए र दिनभरिको थकान शरीर सोच्दा सोच्दै कति बेला निदायो र बिहान सबेरै उठ्यो । उठिसके पछि नुहाई धुवाई गरेर बसि रह्यो । न त चिने जानेको मान्छे न त ठाउँ नै, त्यही भएर दिन भरी घरमै बस्यो, घरका सदस्यहरु पनि धेरै नभएका बुडा बुडि मात्रै घरमा, दिन भरी उनिहरु सङगै कुरा गरेर दिन बित्यो, छोरा बुहारी सहरमा बस्ने गरेको जानकारी गराए, उ आएपछी जे भयपनी आफ्नो मान्छे जसरी खुसी भएर माया गर्न थाले । बेलुकीको खाना सङ्गै खानको लागि आग्रह गरे र उसले पनि नाइ भन्न सकेन, बेलुकीको खाना खाएर एकछिन कुराकानि भयो त्यत्तिकैमा म बिहानै चार बजे काममा जानु पर्ने बतायो र आ आफ्नो कोठा तिर लागे ।

बिहानै चार बजे कार्यालयमा पुगेर जिम्मा दिएको काम गर्नु पर्ने भएकाले “मन भरी बर्षा याममा पहाड बाट एक्कासी ढुङ्गा मुढा, घरमा छानो लागाएको टिन, पानी नपरेका कारण वरपर भएका कागज, प्लास्टिकका बोतलहरु सर्लक्कै बगाएर ठूलो ठूलो स्वरमा उर्लिदै आएको बाढी जसरि” उस्को मनमा कुराहरु उर्लिरहेका थिए । “फेवातालमा माझिले पानीलाई चिर्दै फाड्दै डुङ्गा वारि देखि पारी गराए झै” उसले आफ्नो मन भित्र उर्लिएको बाढिलाई तैराउँदै तैराउँदै निदाउन सफल भयो ।

एक्कासी ब्युझियो, “बिहान आठ बजे सम्म सुतेर जर्याक जुरुक उठेर हतार गर्दै हात मुख धोएर झोलामा किताब कपि राख्न पनि भ्याइ नभ्याई झोलामा राख्दै तात्ताताे खाना खाएर जुत्ताको तुना बान्दै बान्दै स्कुल दोडिएको विद्यार्थी जसरी” उ पनि हतार हतार उठ्यो र पाईखानाको कार्यक्रम सक्काएर हात मुख धोएर लुगा लागायो र हातमा लाईट लिएर कार्यालय तिर दौडियो ।

उ बस्ने ठाँउ देखि कार्यालय पुग्न करिब करिब बीस पच्चिस मिनेट समय लाग्थ्यो । घरको माथिल्लो तलामा घरबेटी बस्थे उ चै भुई तलाको कोठामा बस्थ्यो । “दस महिनाको बच्चा सङ्गै काखमा च्यापेर सुतेकी आमा बिहानै चुलो चौको, घाँस पानी, डिया डागरको हेरचाह स्याहार सुसार गर्नको लागि त्यो सानो बच्चाले उठेको थाहा पाउछ कि भनेर बिस्तारै उठेकी आमा जसरी” उ पनि सुतिरहेका मान्छेलाई मेरो कारणले निद्रा न खलबल्लियोस भन्ने सोचले बिस्तारै आफ्नो कोठाको ढोका खोलेर बिस्तारै लागाएर घर बाट निस्कियो ।

हातमा भएको सानो लाईटको सहाएताले बाटो उज्यालो बनाउँदै घर छोडेर करिब दस मिनेट अघि पुगिसकेको थियो । “गर्मीको मौसममा दुई घण्टा लागातार बिजुली बत्ती गएर झ्याप्प आए पछि पंखाको चिसो हावा खाँदा आउने आनन्द र त्यो बेग्लै खुसी सरहको उसको मनमा खुसियाली छायो,” नागरिकतामा भएको नाम त धेरैलाई थाहा पनि थिएन र उस्लाई गाउँ घरमै बोलाउँदै गरेको नाम ( महिलाको आवाजमा ) जब कसैले पछाडिबाट सम्बोदन गर्यो । राम !

मानौँ कि “बैंकको कर्जा तिर्न नसक्दा बैंकले लिलामी गर्दिन लागेको आफ्नो सम्पत्ति कुनै कारणले छुट गर्दिए भन्दा पनि धेरै खुसी भयो ।” ” पुर्व-पश्चिम राजमार्गमा एकदमै तीब्र गतिमा दौडिरहेको मोटरसाइकल अघि ट्राफिक प्रहरिको चेकजाँच भैरहेको र चालक सङ्ग चालक अनुमति पत्र नभएका कारण झ्याप्प आकस्मिक ब्रेक लगाएर रोके जसरी” चाली रहेका पाइलामा पनि झ्याप्प ब्रेक लगायो र फरक्क फर्केर हेर्दै भन्यो हजुर हजुर, अनि मैले चिनेन नि हजुरलाई मलाई कसरी चिन्नु भयो, आश्चर्य हुँदै सोध्यो !

राम भन्दा उनी चार पाँच कदम पछाडि भएका कारण नजिक आउँदा सम्म हेरि रह्यो “बरु आँखा नदेख्ने मान्छेले सुनिरहेको बोलिका आधारमा अनि उसलाई स्पर्श गरेको आधारमा चिन्छ होला” तर रामले उनलाई चिन्नै सकेन । लगभग पच्चिस छब्बिस बर्ष उमेरकी देखिने, अनुहार पनि एकदम राम्रो चम्किलो मोहडाकी उनलाई नजिक आउँदा सम्म नियालेर हेर्यो तर पनि चिन्न सक्ने उपाए भने लागेन । उनले भनिन राम, तिमी यहाँ, यति टाढा कसरी ? अनि फेरि यो रातिम कता हिडेको ? तिमी नयाँ मान्छे, नयाँ ठाउँ एक्लै दुक्लै हिड्न हुँदैन नि र अर्को कुरा, “तीन जना बच्चा बच्ची खेलिरहेको ठाउँमा दुई जना मिलेर एक जनालाई एक्लै पार्दै खुसुक्क कानमा गएर सल्ला गरे जसरी” रामको कान नजिकै आफ्नो मुख लगेर भनिन, राम यहाँ त डराउन पनि दिन्छ भन्छन् ।

तर रामले यो खुसुक्क गरेको कुरालाई अलिकति पनि मनमा लिएन र तर्क गर्न लाग्यो, उनले मलाई तिमी भनेर सम्बोद गर भनेर अनुमती दिइन, तिमी मलाई कसरी चिनेको ? ल राम तिमीले पो मलाई चिन्दैनौ होला म त चिन्छु तिमिलाई भन्दै कुरा गर्दै अघि बढ्दै थिए । म कसरी बिश्वास गरौ तिमिलाई, मलाई चिनेको छौ भनेर ? तिम्रो बुवाको नाम यो हो, आमाको नाम यो हो, तिम्रो घर ठ्याक्कै यहाँ नीर हो, तिम्ले पढेको स्कुल यो हो, हो कि नाई ? रामले भन्यो हो । तर तिमी यहाँ कसरी ? रामले प्रश्न गर्यो । मेरो बिहे भएको यहाँ, मेरो घरमा पनि थाहा छैन भागेर बिहे गरेको, उनको जवाफले रामलाई झन पछि झन आफ्नो पनको आभास दिलाईरहेको थियो ।

हाँस्दै कुरा गर्दै अगाडि बड्दै थिय र रामले आफू यो रातिमै हिडेको कारण सबै उनलाई बतायो उनले भनिन, राम तिमी यो रातीमा नहिड म तिमिलाई बिहानै चार बजे नै उठाइदिन्छु अहिले धेरै रात भैसक्यो भन्दै रामलाइ आफ्नो घरमा गएर बास बस्न आग्रह गरिन । रामले एक दुई पटक त प्रतिकार गरेकै हो तर पनि उनले धेरै पटक बिन्ती गरि सकेपछि “आगोको छेउमा राखेको नौनी घ्यु पग्लिए जसरी” रामको मन पनि पग्लियो र उनकै घरमा जाने अन्तिम निर्णय भयो ।

रमाइला रमाइला कुराकानी गर्दै उनको घर आई पुगेछ, राम यहि हो हाम्रो घर, रामले सोध्यो घरमा अरु कोहि पनि हुनुहुन्न ? उनले भनिन्, तिमी र म मात्रै हो केही अप्ठ्यारो नमानिकिन आफ्नै घर सम्झेर ढुक्क भएर बस, उनको कुरालाई ब्रेक लगाउदै रामले सोध्यो, अप्ठ्यारो मान्दै मन्दै, अनि तिम्रो श्रीमान ? कामको सिलसिलामा बाहिर गएको र दुई चार दिनमा घरमा आउने बताइन् । “घर हेर्दा घर नभई कुनै सपनामा देखिने महल” जस्तो राम्रो, जता हेर्यो त्यतै राम्रो, बेलुकिको समयमा सहर बजारमा बत्ती झलल्ल बले जस्तो घर भित्र पनि बत्तीहरु झलल्ल बलिरहेको, रामले मन मनै कल्पना गर्यो जिन्दगी त यस्तो घरमा बसेर जिउन पाउनु पो भाग्यको कुरा हो तर के गर्नु आफु त बिहानै उठेर कार्यालयमा पुगेर डाँक ( चिठी पत्र हाल्नको लागि प्रयोग गरिने निलो रङ्गको सानो थैलो )को थैलो बोकेर हिड्नु पर्छ !

केही समयको गन्थन मन्थन पछि उनले रामलाई अब सुत्नु पर्छ होईन भने फेरि तिमिलाई बिहान उठ्न गाह्रो हुन्छ भन्दै सुत्ने कोठामा लगेर गईन । तिमि यो कोठामा सुत म अर्को कोठामा सुत्छु भनेर त्यहाँ बाट निस्केर गईन । राम पनि त्यस्तो राम्रो घरमा अनि बिस्तारा पनि त्यस्तै आरामदाई ! के बिस्तारामा पल्टेको थियो, “कोमामा गएको बिरामी नौ दस बर्ष उठ्नै नसकेको जसरी भुसुक्कै निदायो । तीन वटा डाडा पारी दुई तीन जना मान्छे कता कता बोलेको जस्तो, कुराकानी गरेको जस्तो, मधुरो अनि सानो स्वरमा गुनगुनाएको जस्तो निद्राबाटै सुन्यो ।” अलि अलि चिसो भयको अनुभव गर्यो र त्यो गुनगुनाएको आवाजले उ ब्युझियो, ब्युझिनासाथ “सपनामा बाघले लखेट्दा सम्म लखेटेर के हि उपाय नलागे पछि भाग्दा भाग्दा भिरमा पुगेर झ्वाम्म हाम फालेर भुइँमा नपुग्दा सम्म मुटु चिसो हुँदै अब भुइँमा टेक्छु भन्ने बेलामा झसङ्ग ब्युझिन्छ मान्छे” हो राम पनि त्यसरी नै झसङ्ग भयो ।

जब उ निद्राबाट ब्युझियो तब यता उता हेर्यो, राती महलझै घरको कोठाको बिस्तारामा सुतेको बिहान उठ्दा, “बैशाख जेठको खडेरिमा झुक्किएर बादल लागे जसरी” बिहानिको समय भएका कारण दुई तीन जना मान्छे हिडेको थाहा पाएर ब्युझिदा आफू सुतेको स्वर्गीय आनन्द प्राप्त हुने बिस्तारा कुनै बिस्तारा नभएर मान्छेको सब गाड्ने चिहान थियो र राम बिहान उठ्दा त्यही चिहान माथि सुतिरहेको थियो । जाँड रक्सी खाएर होस चेत गुमाएको जड्याहा नै होला यो मान्छे मरे पछि गाड्ने ठाउँमा सुत्ने भन्दै कुरा गर्दै हिडेको मान्छेलाई रामले बोलाएर सोध्यो, कति बज्यो अहिले ? राती रक्सी खाएर कहाँ सुते भन्ने होस नहुने मान्छेलाई समय चाहियो, कत्ती न सरकारी कर्मचारी अफिस जाने जसरी, भन्दै चार बजेको जानकारी गराए ।

बल्ल चार बज्दै छ ? मलाई के भयो ? सानो हुँदा सुनेको थिय, किचकन्याले जस्तो पनि रुप बनाउन सक्छ, आफ्नै मान्छे जसरी साईनो लगाईदिन्छ, नचिनेको भए पनि बच्पन देखि नै सङ्गै खाएको खेलेको जसरी सबै कुरा साचो भन्दिन्छ ! हो मलाई पनि यहि भयो, “एक्लै हिड्दै गरेको मान्छेको अघि एक्कासी झ्याप्प बाघ आएर मुटुले ठाउँ छोडे जसरी, डरले उस्को मुटुले पनि ठाउँ छाड्यो” मनमनै भन्यो, किचकन्निले मलाई एक रात उसैसङ्ग बिताईदिइ ।

उ सङ्ग घडी नभएका कारण यसरी किचकन्या सङ्ग रात बिताउन पुग्यो । राम सुत्ने बेलामा रातिको करिब साढे दश एघार बजेको हुँदो हो जब सुत्यो सुतेको एक घण्टा पछी नै उ ब्युझियो र तयारी गरेर हिडि हाल्यो । किनकी नयाँ नयाँ कामको सिलसिलामा यस्तै नै हुँन्छ, समयमै पुग्नु पर्छ, भनेको काम गर्नु पर्छ भन्ने मनमा कुराहरु खेली रहेका हुँन्छन् ।

अफिस पुग्यो, चिठी पत्र धेरै हुने र ठेगाना अनुसारको व्यक्तिलाई बुझाउनु पर्ने भएका कारण बिहानै चार बजे हिड्नको लागि कार्यालयबाट बोलाईएको थियो । डाँक लिएर गाउँ घरमा पुग्यो आफ्नो काम सकिए पछि घरमा आएर ती घरबेटीलाई राती देखि को कहानी सुनायो, घरबेटी पनि झसङ्ग भए र भने बाबु त्यो ठाउँमा डराउन दिन्छ पहिले देखि नै त्यस्ता घटनाहरु भैरहेका छन, कति जनाको त ज्यान पनि गै सक्यो, भगवानलाई धन्यवाद देउ कि तिमीलाई चै धन्न के हि भएन यो कुरा सुनेर, “एक सय बीस भोल्टेजको झट्का लागेर सात हात पर भित्तामा पुगेर ड्याम्म ठोक्किदै फिनिन्न घुमेर भुईमा लडे जसरी” उ पनि थ्याच्च भुईमा बस्यो र लामो सास लिदै आफुले आफैलाई भन्यो अब देखि घरबेटी सङ्ग समय सोधेर मात्र आफ्नो काममा हिड्ने निर्णय गर्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation