राजपुरमा खेलखुद, मेलमिलाप तथा सांस्कृतिक कार्यक्रम शुरु

दाङ । यादब विद्यार्थी संघ केन्द्रिय समितिको आयोजनामा आज राजपुर गाउँपालिका वार्ड नं ३ खरदरियामा खेलकुद, मेलमिलाप तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन लुम्विनी प्रदेशका यातायात मन्त्री माननीय जानकी प्रसाद यादवले गर्नु भएको छ।

यादव विद्यार्थी संघका अध्यक्ष सुदिप यादवको अध्यक्षता, प्रमूख अतिथिमा लुम्विनी प्रदेशका यातायात मन्त्री माननीय जानकी प्रसाद यादव रहनु भएको थियो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि यादवले खेलकूद, कलासंस्कृति, विकास कार्यक्रमको सधैं सहयोग र हौसला गर्ने बताउनु भयो ।

नयाँ वर्ष २०८० सालको पावन अवसरमा यादव विद्यार्थी संघले राखेको कार्यक्रमको लक्ष्य आफनो पहिचान, परम्परा, भाषा र साहित्य, कलालाई दिनप्रति दिन लोप हुँने भएकोले यसलाई जोगाउन र अगामी दिनमा पनि यस्ता कार्यक्रम गर्न आवश्यक रहेको अध्यक्ष सुदिप यादवले बताउनु भयो ।

कार्यक्रममा बुद्धिजीवी, पत्रकार, समाजसेवी, जनप्रतिनिधि, जेष्ठ नागरिक, शिक्षक शिक्षिका र स्थानीय अवधि भाषाका कलाकारहरु लगायत उपस्थिती रहेको थियो । यस कार्यक्रम संपन्न गर्नको लागि राजपुर गाउँपालिका, गढवा गाउँपालिका, नेपाल इन्द्र फाउन्डेसन र यादव समाज सेवा संघले आर्थिक सहयोग गरेकाे छ भने कार्यक्रमको संचालन चन्द्रभान यादवले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation