
देउखुरी । लमही नगरपालिका वडा नं १ मा दुर्गादत्त अधिकारीको अध्यक्षता तथा राजमो जिल्ला सचिब वसन्त पौडेलको प्रमुख आतिथ्यतामा राजमोको वडा भेला सम्पन्न भएको छ ।
भेलाले बोम बहादुर थापाको अध्यक्षतामा ९ सदस्यिय पूर्ण सहित ५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ ।
त्यसैगरी उपाध्यक्षमा हरिप्रसाद पाैडेल, सचिव अनिल पाैडेल, कोषाध्यक्ष सिता खनाल, सदस्यहरु नरबहादुर दर्लामी, पुस्पा पाैडेल, विमला पाैडेल, मोतीराम चौधरी र एक स्थान रिक्त रहेको छ ।
त्यसैगरी भेलाले सल्लाहकारमा दुर्गादत्त अधिकारी, विष्णु खत्री, ईश्वरी प्रसाद पाैडेल, टिकाराम पाैडेल, रविबहादुर अधिकारी लगायत चयन हुनु भएको छ ।
सहिदहरु प्रति एक मिनेट मौनधारण गरी शुरु भएको भेला जिल्ला सदस्य कुलचन्द्र पोख्रेलको स्वागत् मन्तब्य र सञ्चालन राजमो लमही नगर सचिब लेखराज आचार्यले गर्नु भएको थियो ।