
गढवा । दाङकाे गढवा गाउँपालिका वडा नम्बर २ कोठरी निवासी हल्लु नारायण चौधरीको जिब्रोमा अनौठो प्रकारको रोग लागेको छ । हल्लु नारायण चौधरी विगत सात महिनादेखि डर लाग्दो रोगको कारणले परिवार नै पिडित छ ।
५५ बर्षिय पिडित हल्लु नारायण चौधरी नेपालको काठमाडौं, बुटवल, नेपालगंज र भारतको केही ठाउँमा समेत औषधी उपचारका लागि जानु भयो तर नत रोग पत्ता लाग्यो नत सञ्चो नै भयो । अन्ततः भएभरको सबै पैसा सकियो तर समस्या जिउको त्यु रह्यो । पत्रकार तथा गढवा गाउँपालिका प्रेस संयोजक उमानाथ यादव (आलोक भावुक)ले सामाजिक सञ्जालमा पिडित चौधरीको फोटो देखेपछी २०८० बैसाख २८ गते बिहिवार पिडित चौधरीको घरमै पुगेर रोग बारे सोधपुछ गर्नु भयो । सोधपुछको क्रममा सबै तिर औषधी गराउदा पनि समस्या समाधन नभएको र आर्थिक अभावले अब उपचार गयकन नसकिने परिवारले बताए पछी पत्रकार आलोक भावुकले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सहयोगको लागि सबैमा अनुरोध गर्नु भयो ।
आलोक भावुक नामक फेसबुकमा हालिएको सानो भिडियो क्लिप अहिले १३ लाख पटक भन्दा बढी हेरिएको छ । त्यही अनुसार हल्लु नारायण चौधरीको जिब्रो उपचारका लागी स्वदेश तथा विदेशबाट सहयोग रकम उठ्न शुरुभयो । हाल सम्म नगद र खातामा गरी ४ लाख भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको पत्रकार तथा हल्लु नारायण चौधरीको बचाउ अभियानका समन्वयकर्ता आलोक भावुकले जानकारी दिनु भयो ।
चौधरीको घरको अवस्था थाहा पाएपछी पत्रकार आलोक भावुकले सहयोगको अपेक्षा सहित गत बैशाख २८ गते बिहिवार आफ्नो फेसबुकमा यस्तो स्टाटस लेखेका थिए ।
पत्रकार भावुकले चौधरीको घरमै पुगेर सानो भिडियो सहितको स्टाटस लेखेपछी सहयोग गर्नेहरुको हात अगाडी बढ्दै गयो । आर्थिक संकलन सुरु भए लगत्तै पत्रकार आलोक भावुकले हहल्लु नारायण चौधरीको जिब्रो उपचारका लागि काठमाडौँ लैजाने निधो गरेको बताउनु भयो र बैशाख २९ गते शुक्रबार हल्लु नारायण चौधरीको जिब्रो उपचारका लागि पत्रकार आलोक भावुकले गढवा गाउँपालिका वडा नम्बर २ का वडा नम्बर ओम प्रकाश चौधरी र हल्लु नारायण चौधरीको छोरा प्रदिप चौधरी लाई साथमै लगेर काठमाडौं प्रस्थान गरेको बताउनुभयो । अहिले नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा उपचार भैरहेको र स्वास्थ्य सुधार हुदै गएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।