बिहिबार, चैत्र ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

लमही खानेपानीले उपभोक्तालाई खानेपानी सुरक्षा तथा सरसफाई सचेतना अभियान शुरु

देउखुरी । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्था काे बार्षिक कार्यक्रम अन्तर्गत लमहि खानेपानी संस्थाकाे कमान्ड क्षेत्र भित्र पर्ने उपभोक्तालाई खानेपानी सुरक्षा तथा सचेतना १ हप्ते अभियानकाे आज लमहि नगर पालीका वडा नं ३ काे नारायणपुर बाट अभियानकाे सुरूवात गरियकाे छ ।

खानेपानी संस्थाकि उपाध्यक्ष सितादेबि चाैधरीकाे अध्यक्षतामा संस्था का अध्यक्षकाे प्रमुख अतिथी जंग बहादुर चाैधरीकाे उपस्थितिमा नारायणपुर कमान्ड क्षेत्र भित्र पर्ने नारायणेश्वर टाेल बिकास समिति उपलब्ध उपभोक्ताकाे बिचमा खानेपानी सुरक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरियाे कार्यक्रममा बिशिस्ट अतिथि खानेपानी सुरक्षा समितीका सदस्य स्वास्थ्यकर्मी लमहि अस्पतालका प्रसासन प्रमुख अधिकृत हरी खनालले उपलब्ध सम्पुर्णलाई पानी काे मुल देखी मुख सम्म शुद्ध खानेपानी पिउनका लागि हामिले गर्नु पर्ने दायित्व, जिम्मेवारी, पाईप लाईन सुरक्षा, पानि दुषित भयमा लाग्न सक्ने राेगहरू, पानी शुद्धीकरण गर्ने बिधिका बारेमा उपस्थिति सम्पूर्णलाई प्रशिक्षण गर्नु भयकाे थियाे ।

कार्यक्रममा अध्यक्ष जंग बहादुर चाैधरी बाट खानेपानी पाईप लाईन, मुल देखी मुहान सम्म पानीलाई शुद्ध सरसफाइ राख्ने कुरा सम्पूर्ण प्रतिबद्ध भयमा मात्र खानेपानीकाे सुरक्षा हुने र उपभोक्ताले शुद्ध खानेपानी पाउने अबस्था रहन्छ भन्ने कुरा बताउनु भयाे ।

नारायणश्वेर टाेल बिकास समितिका अध्यक्ष नर बहादुरले लमहि खानेपानी संस्थाले उपभोक्ता लाई हाल सम्म शुद्ध खानेपानी खुवाउन सफल भयकाेमा धन्यवाद दिनु भयाे भने खानेपानीकाे सुरक्षा गर्नु हामि सबैकाे बराबर जिम्मेवार भयकाे कुरा बताउनु भयाे । कार्यक्रममा अध्यक्षकाे आसन बाट बाेल्दै सितादेबी चाैधरीले जिबनमा खानेपानी काे महत्त्व ज्यादै रहेकाे हुदा हामीले प्राप्त गर्ने खानेपानीलाई खेर नफाल्ने र भान्सा बाथरूम बाट निस्केको पानि तरकारी बाेट बिरूवालाई निको पार्ने गरेर सदुपयाेग गर्नु पर्ने कुरा बताउनु भयाे ।

समिती सदस्य जगनारायण चाैधरीकाे स्वागत मन्तब्य बाट सुरू भयकाे कार्यक्रम सचिव बसन्त आचार्यले सन्चालन गर्नु भयकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation