मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

दाङको राजपुरमा आगलागी हुँदा घर जलेर नष्ट

दाङ । दाङको राजपुर गाउँपालिका ५ महतेनीमा गएराती टेकबहादुर बुढाको घरमा आगलागी हुँदा घरभित्र रहेको धनमाल सहित घर जलेर नष्ट भएको छ ।

आगो नियन्त्रणमा ल्याउनका लागि स्थानीय बासिन्दाहरुले प्रयास गर्दा गर्दै पनि सम्पुर्ण धनमाल सहित घर नै जलेर नस्ट भएको हो । आगो के कारणले लागेको भन्ने खुल्न सकेको छैन ।

उक्त स्थान विकट भएकोले फोनले पनि काम नगर्दा प्रहरीलाई समेत जानकारी गराउन सकियन,- पीडित टेकबहादुर बुढाकी श्रीमति सीता बुढाले भन्नु भयो ।

आगलागी बाट के कति धनमालको क्षेती भयो भन्ने विवरण अझै आएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation