मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्ती गाउँपालिका अध्यक्ष जनतालाई पानी खुवाउन श्रमदान गर्दै

देउखुरी । दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ मुस्लिम टाेलकी अमिना खातुन एक गाग्रो पानी ल्याउन घण्टाै टाढा जानू पर्ने बाध्यता छ ।

सुख्खा याम शुरु भए सँगै नजिकमा रहेको पानीको मुहान सुके पछि उहाँ मात्रै हैन उहाँ जस्तै त्यस टाेलका ४३ घरपरिवार वर्षै देखि सुख्खा याममा त्यस प्रकारको बाध्यता भाेग्दै आईरहेका छन् ।

तर अब भने त्यस टाेलका नागरिकहरुकाे उक्त बाध्यताकाे अन्त हुने भएको छ ।

राप्ती गाउँपालिकाकाे आर्थिक वर्ष २०७९/०८०काे करिब पाँच लाख विनियोजित बजेट मार्फत खानेपानी आयोजनाकाे काम अघि बढे सँगै साे समस्याको समाधान हुने भएको हाे ।

हाल अहिले करिब ८ सय ५० मिटर तल बेवरे खाेलाबाट पानी तान्ने विद्युतीय माेटर मार्फत गाउँ सम्म पानी ल्याउने तयारी छ भने श्रमदान मार्फत घरघर सम्म पुर्‍याउने पानीको पाइप जाेड्ने, खाडल खन्ने र पुर्ने काम भई रहेको छ ।

यसै बिच शनिबार बिहानै पालिकाका अध्यक्ष प्रकाश विष्ट उक्त टाेलमा पुगी श्रमदान गर्नु भएको छ ।

उहाँले स्थानीय बासीहरु सँगै खाडल खन्ने, पाइप तान्ने, पुर्ने काम गर्नु भएको हाे ।

राज्यले प्रदान गर्ने बजेटले मात्रै विकास निर्माणका कामहरु सम्पन्न नहुने भन्दै अध्यक्ष विष्टले आफ्नो गाउँ घरमा हुने हरेक सार्वजनिक कामहरुमा श्रमदान गर्नु पर्छ भन्ने भावनाकाे विकास गराउने उदेश्यले आफू श्रमदान कार्यमा सहभागी भएको बताउनुभयो ।

पछिल्लो समय गाउँ घरमा हुने स-साना कामहरुमा पनि राज्यकै मुख ताक्ने प्रचलन बढ्दै गएको छ अध्यक्ष विष्टले भन्नुभयो – “गाउँघरमा हुने हरेक विकास निर्माणका गतिविधिहरुमा नागरिक जनसहभागिता हुन जरुरी छ ।”

त्यस्तै वडा नम्बर ९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगरले आयोजना सम्पन्न गर्न प्राप्त बजेट नभएकाेले तत्कालका लागि दस हजार लिटर प्लास्टिकको ट्याङ्की मार्फत पानी वितरण गर्न लागिएको बताउदै आगामी दिनमा पक्की ट्याङ्की आवश्यकता रहेकाे बताउनुभयो ।

स्थानीय गाेपाल मियाँले खुसी हुदै भन्नु भयो-“वर्षै देखि सुख्खा याम शुरु भए सँगै मानिसलाई मात्रै हैन पशु चाैपायालाई समेत पिउने पानीकाे समस्या थियो अब भने त्यो समस्या हटेर जाने भयो ।”

पालिकाका अध्यक्ष सँगै श्रमदान गर्न पाउँदा स्थानीयहरु समेत खुसी भएका थिए ।

श्रमदान कार्यक्रममा पालिकाका अध्यक्ष प्रकाश विष्ट सँगै वडा अध्यक्ष रिम बहादुर सुनारी मगर,सदस्य अलि माेहमद मियाँ, युवा विद्यार्थी ठाकुर पन्थी, रामकृष्ण डाँगी, टाेलका समाजसेवी बुद्धिजीवी लगायत स्थानीय बासीहरुकाे उल्लेख्य सहभागिता रहेको थियो ।

यस अघि पनि अध्यक्ष विष्ट पालिकाका विभिन्न वडाहरुमा हुने सार्वजनिक विकास निर्माणका कार्यहरुमा पटकपटक सहभागी हुँदै आइरहनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation