
देउखुरी २७ श्रावण । राप्ती मोवाइल तथा ईलेक्टोनिक्स व्यवसायी संघले श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमटियामा अध्ययनरत दृष्टि विहिन विद्यार्थीहरुका लागि कपडा सिलाउने मेसिन प्रदान गरेको छ । त्यहाँ अध्ययनरत दृष्टिविहिन विद्यार्थीको कपडा सिलाउन सहयोग हुने उदेश्यले मेसिन प्रदान गरिएको हो ।
संघको जन्मोत्सव तथा प्रथम साधारण सभाको अवसर पारेर शनिवार कपडा सिलाउने मेसिन हस्तान्तरण गरिएको हो । संघका अध्यक्ष हरी खड्काले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. २ का वडा अध्यक्ष पहलमान चौधरी अनुप र प्रध्यानाध्यापक किरण पोख्रेललाई मेसिन हस्तान्तरण गरेका हुन् ।
विद्यालयका प्रध्यानाध्यापक किरण पोख्रेलले सहयोगी हातहरु बढाउदै आफैले पढाएका विद्यार्थीहरुले दृष्टिविहिन छात्रछात्राको कपडा सिलाउन मेसिन प्रदान गरेकोमा संघलाई धन्यवाद व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पहलमान चौधरी अनुपले दृष्टिविहिन विद्यार्थीहरुको फाटेका कपडा सिलाउन नसक्ने अवस्थामा थियो तर संघले गरेको सहयोगले उनिहरुको कपडा सिलाइमा ठूलो सहयोग हुने भन्दै धन्यवाद व्यक्त गरे । संघका अध्यक्ष हरी खड्काले सामाजिक उत्तरदायित्व बहन हुने गरी सिलाई मेसिन हस्तान्तरण गरेको बताए । उने भने ‘साधारण सभा सामान्यरुपमा गर्ने र त्यसबाट बचत हुन आएको पैसाले सिलाई मेसिन सहयोग गरेको हौं ।’
सिलाई मेसिन हस्तान्तरण कार्यक्रमको सहजीकरण संघका सदस्य अशोक बेल्बासेले गरेका थिए । हाल दृष्टिविहिन छात्रावासमा १७ जना छात्रछात्रा रहेका छन् ।
प्रथम साधारण सभा सम्पन्न
संघले आफ्नो प्रथम साधारण सभा सम्पन्न गरेको छ । राप्ती गाउँपालिका वडा नं. २ हर्से डाँडा मन्दिरमा संघका अध्यक्ष हरी खड्काको अध्यक्षता तथा राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष सुरज खड्कको प्रमुख आथित्यतामा साधारण सभा सम्पन्न भएको हो ।
संघका वरिष्ठ उपाध्यक्ष नविन शाहीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अध्यक्ष हरी खड्काले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष दोर्ण प्रसाद आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमा प्रमुख अथिती सुरज खड्का, संघका सल्लाहकार जगत प्रसाद पोख्रेल, हिमानन्द पाण्डे, प्रदेश सदस्य मोहन आचार्य, सदस्य अशोक बेल्वासे, प्रेस संयोजक बासुदेव न्यौपानेलगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभाको सञ्चालक संघका महासचिव कमल खनालले गरेका थिए भने साधारण सभा पछि संघ सम्पूर्ण सदस्यहरुलाई प्रेस संयोजक बासुदेव न्यौपानेले उद्घोषण सम्बन्धी प्रशिक्षण दिएका थिए ।