गढवा १३ मंसिर । गढवा गाउँपालिकाद्वारा कृषक लाई अनुदानमा दिएको पावरटिलर, मिनिटिलर र रिपर संञ्चालन तथा मर्मत सम्भार सम्बन्धी १ दिने स्थलगत तालिम दिईएको छ ।
गढवा गाउँपालिका कृषि विकास शाखाको आयोजनामा वडा नम्बर ७ मानपुर बुधबार र वडा नम्बर ५ बाँकी बिहिवार कृषकहरुलाई पावर मिनि टिलर तथा रिपर मर्मत सम्बन्धी तालिम दिएको हो। तालिम पश्चात् पावरटिलर, मिनिटिलर र रिपर मर्मत कृषकहरुले स्वयम्ले गर्ने अपेक्षा गरिएको छ ।
गढवा गाउँपालिका भित्र रहेका पावरटिलर, मिनिटिलर र रिपर संञ्चालक कृषकहरुलाई आत्मनिर्भर बनाउन संञ्चालन तथा मर्मत सम्भार तालिम दिने योजना बनाएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको जानकारी दिनुभयो ।
कृषिको आधुनिकरणका लागि विभिन्न समयमा कृषकलाई प्रदान गरिएका पावरटिलर, मिनिटिलर र रिपर लगायतका सामाग्रीहरु सामान्य ज्ञान पनि नहुँदा कृषकलाई समस्या हुँदै आएकोले त्यो समस्यालाई समाधानका लागि तालिम दिन थालेको अध्यक्ष पोख्रेलले बताउनु भयो ।
गढवा गाउँपालिकाले किसानलाई उन्नत प्रविधिबाट खेती प्रणाली गर्न, उत्पादन बृद्धि गर्न र कम समयमा परिश्रमबाट खेतीपाती गर्नका लागि कृषि मेशिनरी औजार उपकरणहरु प्रदान गरिदै आएको अध्यक्ष पोख्रेलले जानकारी दिनु भयो ।
सरकारी निकायबाट विभिन्न समयमा कृषकलाई आवश्यक पर्ने सामाग्रीहरु प्रदान गरे पनि सामान्य मर्मत नहुँदा कतिपय कृषकले ती सामाग्री यत्तिकै फाल्ने गरेको पनि पाइन्छ ।
कतिपय कृषकहरुले गाउँगाउँमा बिग्रीएर मर्मतको लागि गढवा बजार लमही लगायतका ठाउँमा लैजानुपर्ने अवस्था रहेको थियो । यही समस्यालाई समाधान गर्न पालिकाका कृषकहरु लाई मर्मत सम्बन्धी तालिम प्रदान गरिएको गढवा गाउँपालिका कृषि विकास शाखाआ प्रमुख कर्ताराम यादवले जानकारी दिनुभयो ।
कृषि विकास शाखाले पालिकाका कृषकहरुलाई सार्वजनिक सूचना निकालेर सहभागिका लागि अनुरोध पश्चात् तालिमको आयोजना गरेको कृषि विकास शाखाका प्राविधिक फुलनदेवी चौधरीले जानकारी दिनु भयो । सूचनाको आधारमा प्राप्त नामको आधारमा कृषकहरु छनोट गरेर गाउँपालिकाले पावर/मिनिटिलर तथा रिपर संञ्चालन तथा मर्मत सम्भार सम्बन्धी दिन थालेको प्राविधिक चौधरीको भनाई छ ।
सामान्य समस्या पर्दा समेत मेकानिक बोलाउनु पर्ने अवस्था थियो तर तालिम पश्चात् त्यस्ता सामान्य समस्या बाट छुटकारा पाएको गढवा ७ झारबैराका कृषक दान बहादुर चौधरीले जानकारी दिनु भयो । पहिले थोरै समस्या हुँदा लमही बाट मिस्त्री बोलाउनु पर्थ्यो स साना समस्या भए पनि पाँच सय, हजुर रूपैया दिनु पर्यो तर यस तालिम लिएपछी धेरै कुराहरु सिक्यौ अब सामान्य समस्या आए घरमै खोलेर बनाउने भयौ कृषक चौधरीले बताउनुभयो । त्यसैगरी तालिमबाट सिप सिकेपछि अब घरमै मर्मत गर्नसक्ने गढवा गाउँपालिका वडा नम्बर ६ का कृषक देवराज यादवले जानकारी दिनु भयो ।
कृषिको आधुनिकीकरणसँगै गाउँमा कृषकहरुले गोरु पाल्न समेत छोडी सकेका छन् ।