देउखुरी २६ वैशाख । दाङकाे राप्ती गाउँपालिका वडा नं. ६ पत्थरगढवामा सामुहिक प्राङ्गारिक मल उत्पादन सुरु भएको छ ।
वडाले हालै श्रमिक सहकारी संस्था लिमिटेड स्थापना गरि साे मल उत्पादनकाे काम अघि बढाइएको हाे ।
मल उत्पादन गर्नका लागि वडाले आर्थिक वर्ष २०८०/८१ मा दश लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
उक्त रकम बाट मल बनाउने मेसिन खरिद तथा सहकारी संस्थाका सदस्यहरुलाई तालिम प्रदान गरिएको राप्ती गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष दिपक कुमार चाैधरीले जानकारी दिनुभयो ।
प्राङ्गारिक मल उत्पादनले अन्न बालीमा रासायनिक मलकाे प्रयोगमा कमी ल्याउनुका साथै स्थानीय श्रमिकहरुलाई राेजगारीमा समेत जाेड्न सकिने अध्यक्ष चाैधरीकाे विश्वास रहेको छ ।
गाई भैंसीको गाेठे मल बाट प्राङ्गारिक मल बनाई लेबलिङ र प्याकेजिङकाे काम समेत भई सकेको सहकारी संस्थाका अध्यक्ष गणेश चाैधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मलकाे प्रति केजी ७५ रुपैयाँ मूल्य निर्धारण गरिएको छ।एक कठ्ठा जग्गामा करिब २० केजी मल आवश्यक पर्ने र त्यसबाट उत्पादनमा समेत वृद्धि हुने चाैधरीकाे भनाइ छ ।
अहिले मल उत्पादनको सुरुवाती चरण भएकाले बिस्तारै त्यसको गुणस्तरीयतामा सुधार गर्दै जाने संस्थाले बताएको छ ।
संस्थामा १८ जना श्रमिक सदस्यहरु आवद्ध रहेका छन्।उनीहरू आफैं मल उत्पादन कार्यमा सहभागी हुने गरेका छन ।
यसैबीच बुधबार वडाले श्रमिक सहकारी संस्था उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
राप्ती गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष दिपक कुमार चाैधरीकाे अध्यक्षता एवम् पुर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीको प्रमुख आतिथ्यता र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम बाेल्दै प्रतिनिधिसभा सदस्य मेटमणि चौधरी प्राङ्गारिक मल उत्पादनले राज्यको अरबाै रुपैयाँ रकम बचत हुने बताउनुभयाे ।
वर्षेनी विदेशबाट रासायनिक मल आयात गर्दा राज्यको अरबाै रुपैयाँ बाहिरी रहेको बतादै प्रतिनिधिसभा सदस्य चाैधरीले त्यसलाई राेक्न र अर्गानिक उत्पादनलाई प्राेत्साहन गर्न प्राङ्गारिक मल उत्पादनकाे आवश्यकता रहेको बताउनुभयो ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पछिल्लो समय रासायनिक मलकाे बढ्दाे प्रयोग भई रहेको प्रति चिन्ता व्यक्त गर्दै त्यसबाट उत्पादित बस्तुहरु सेवन गर्दा विभिन्न किसिम नसर्ने राेगहरु लाग्ने बताउनुभयो ।
उहाँले प्राङ्गारिक मलकाे प्रयोगले माटाेकाे उत्पादकत्व वृद्धि मात्रै नभई त्यसबाट उत्पादित बस्तु सेवन गर्दा मानव जीवनमा फाइदा समेत पुग्ने बताउनुभयो ।
कार्यक्रममा राप्ती गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष देव प्रसाद चाैधरी, वडा नं. ७ का वडा अध्यक्ष सिताराम चाैधरी, वडा नं. ६ का वडा सदस्य बलिराम चाैधरी, गीता चाैधरी, सावित्री परियार, राष्ट्रिय युवा परिषद्का सदस्य तथा मल उत्पादन कार्यका सहजकर्ता सन्दिप सापकोटा, विभिन्न टाेल विकास संस्थाका अध्यक्ष लगायत स्थानीयहरुकाे सहभागीता रहेको थियो ।
सहकारी संस्थाकि सदस्य राम कुमारी चाैधरीकाे स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमकाे सहजीकरण वडा सचिव सन्जिता पाैडेलले गर्नु भएको थियो ।