नेपाल चेम्बर अफ कमर्स लुम्बिनीले बुझायो मुख्यमन्त्रीलाई ज्ञापनपत्र

देउखुरी ४ असोज । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाएको छ ।

लुम्बिनी प्रदेशमा कित्ताकाट बिना जग्गा फुकुवा गरेपनि त्यसले जनतालाई राहत नभएको भन्दै कित्ताकाट हुने गरि जग्गा फुकुवा गर्न माग गरेको छ ।

चेम्बरका वरिष्ठ उपाध्यक्ष श्रीधर महराले मुख्यमन्त्री आचार्यलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री आचार्यले डिपिआरलाई असर नपर्ने गरि पुर्ण रूपमा जग्गा फुकुवा गर्न तयार रहेको र त्यसका लागि आफुले पहल गर्ने बताएका छन् ।

ज्ञापनपत्र बुझाउन नेपाल चेम्बर अफ कमर्स लुम्बिनीका वरिष्ठ उपाध्यक्ष श्रीधर महरा, सदस्य शंकर गाैतम, सल्लाहकार घनश्याम अधिकारी, राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष नेमलाल बेल्वासे, महासचिव वसन्त कुवर क्षेत्री, कोषाध्यक्ष अर्जुन कुमार क्षेत्री, सदस्य कमल केसी, महिला चेम्बरका अध्यक्ष लक्ष्मी पोख्रेल, युवा चेम्बरका कोषाध्यक्ष मोतीराम भट्टराई, प्रेस सल्लाहकार ओमप्रकाश गुप्ता, पत्रकार मुक्तिराम पाैडेल गएका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation