गढवामा नयाँ प्रमुख प्रशासकीय अधिकृत पौड्याललाई स्वागत

गढवा १० असोज । दाङ देउखुरीको गढवा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा भएर आउनु भएका कृष्ण प्रसाद पौड्याललाई एक कार्यक्रमका बिहिवार बीच स्वागत गरिएको छ ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता एक कार्यक्रमको बिच स्वागत गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत पौड्यालको स्वागत कार्यक्रममा बिभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँपालिका कर्मचारी, गाउँपालिका भरीका प्रधानाध्यापक लगाएतकाले प्रमुख प्रशासकीय अधिकृत पौड्याल लाई फुलमालाले स्वागत गर्नुभएको हो ।

नव प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल कालीमाटी गाउँपालिका सल्यानबाट सरुवा भई गढवा गाउँपालिकामा आउनु भएको हो ।

अमरराज शर्माले गढवा गाउँपालिकाको छैठौं प्रमुख प्रशासकीय अधिकृतको रुपमा पदभार ग्रहण गर्नु भएको छ भने यस भन्दा पहिले ऋषि राम केसी, नोखिराम ओली, लाल बहादुर योगी, आशिष चौधरी, अम्मरराज शर्मा प्रमुख प्रशासकीय अधिकृतको रुपमा गढवा गाउँपालिकाकामा काम गरिसक्नु भएको छ भने नेव बहादुर वली कार्यकारी अधिकृत र बुद्धिमा चौधरी निमित्त कार्यकारी अधिकृतको रुपमा काम गरिसक्नु भएको छ ।

स्वागत कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले कर्मचारी र जनप्रतिनिधि बिचको तालमेल नमिले सम्म उत्कृष्ट कार्य सम्पादन हुन नसक्ने भन्दै त्यस तर्फ बिशेष जोडदिनु पर्ने बताउनुभयो ।नितिगत कुरा जनप्रतिनिधिले गर्ने तर कार्य सम्पादनमा कर्मचारी बिचको समन्वय सहकार्य अपरिहार्य हुने र त्यसको लागि प्रमुख प्रशासकीय अधिकृतले अप्ठ्यारो पर्ने ठाउँमा सहजीकरण गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नव प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले आफु गढवा गाउँपालिकाको हकहितको निम्ति उदाहरणीय काम गर्ने बताउनु भयो। सम्पूर्ण राष्ट्र सेवक कर्मचारीहरु सेवामुखी हिसावको काम गर्नु पर्ने बताउदै त्यसको सहजिकरणका लागि आफु सदैव प्रयासरत रहने बताउनुभयो। सम्पूर्ण जनप्रतिनिधि कर्मचारी सबैको साथ सहयोग र समन्वयले अघि बढ्ने बताउनु भयो । साथै कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत पौड्यालले सबै कर्मचारीहरु समान रहेको र सबैले सम्मान व्यवहार गरेर आफ्नो जिम्मेवारी पुरा गरेर अघि बढ्न समेत अनुरोध गर्नुभएको छ ।

कार्यक्रममा ५ नम्वर वडाअध्यक्ष लेख बहादुरथापा, ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगर, प्रधानाध्यापकहरुको तर्फ बाट जनता माध्यमिक विद्यालय गढवाका प्रधानध्यापक राम सुरत यादव, कर्मचारीहरुको तर्फबाट रोजगार सेवा केन्द्रका संयोजक अशोक कुमार यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

स्वागत कार्यक्रममा ४ नम्बर वडाध्यक्ष हरी भगत चौधरी, ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगर, बिषयगत शाखाका समितिको संयोजक, बिषयगत शाखाका शाखा प्रमुखहरु, विद्यालयका प्रधानाध्यापक, गाउँपालिकाका कर्मचारी लगायतकाको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation