पोख्रेल समाजद्वारा नव निर्मित दुर्गा मन्दिर उद्घाटन तथा मुर्ति प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न

देउखुरी । प्युठान चौरपानी बुढिचौर मुल बासस्थान भएका पोख्रेल समाजद्वारा लुम्बिनी प्रदेश दाङ देउखुरी लमही नगरपालिका १ नर्तिमा रहेको बराहक्षेत्रमा दुर्गा देबिको मन्दिर निर्माण गरि मन्दिर उद्घाटन तथा मुर्ति प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भएको छ ।

पोख्रेल समाजका जेष्ठ सदस्य डुकलाल पोख्रेल र मन्दिर निर्माण समितिका अध्यक्ष कविराम पोख्रेलको प्रमुख आतिथ्यता तथा पोख्रेल समाजका अध्यक्ष आत्माराम पोख्रेल र बराहक्षेत्र संरक्षण समितिका अध्यक्ष नुमराज पौडेलको विशिस्ट आतिथ्यतामा भएको कार्यक्रम प्रमुख अतिथि जेष्ठ सदस्य डुकलाल पोख्रेल तथा पोख्रेल वंशज कल्याणकारी संस्था “यदुपती” का अध्यक्ष आत्माराम पोख्रेलद्वारा संयुक्त रुपमा यहि असोज १७ गते बिहिवार घटस्थापनाको दिन संयुक्त रुपमा उद्घाटन गरिएको हो ।

प्युठान चौरपानी बुढिचौर मुल बासस्थान भइ हाल प्युठान, रोल्पा, दाङ, कपिलवस्तु, अर्घाखाँची, रुपन्देही, नेपालगन्ज र काठमाडौंमा बसोबास गर्ने पोख्रेल वंशज समाजद्वारा मिति २०८० मंसिर १ गते सामाजिक उद्योगी जगत प्रसाद पोख्रेलले शिलान्यास गरि निर्माण शुरु भई २०८१ असोज १७ गते निर्माण कार्य सम्पन्न भएको थियो ।

उक्त मन्दिर छ लाख ४७ हजार सात सय चौरानब्बे रुपैयाँ लागतमा निर्माण भएको हो । निर्माण सहयोगको लागि प्युठान चौरपानी बुढिचौर मुल बासस्थान भएका पोख्रेल दाजुभाइहरु स्व. ओवाराम तथा स्व. निमादेविको सम्झनामा छोरा यमलाल, रोमाकन्त र राम प्रसाद पोख्रेलले ७९ हजारको मुर्ति र गजुर सौजन्य गर्नु भएको थियो भने युवराज पोख्रेलले २८ हजार नौ सयको गिट्टी बालुवा, केसब पोख्रेलले ६ हजार छ सयको सरिया, सालिकराम पोख्रेलले ३ हजारको ढुङ्गा, केशब ८ हजार पाँच सयको चौकस ढोका, आत्माराम पोख्रेलले ६ हजारको ढुङ्गा, राम प्रसाद पोख्रेलले ६ हजारको प्राइमरी पेन्ट र भवानी पोख्रेलले पाँच सय छयालीसको ईट्टा सहयोग गर्नु भएको थियो ।

मन्दिर उद्घाटन तथा मुर्ति प्राण प्रतिष्ठा कार्यक्रमको संचालन पोख्रेल वंशज समाज मुल समितिका सचीव दामोदर पोख्रेलले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation