जिल्ला प्रहरी दाङको आयोजनामा ६९औं प्रहरी दिवस २०८१ कार्यक्रम सम्पन्न

दाङ । जिल्ला प्रहरी कार्यालय दाङद्धारा आयोजना गरिएको ६९ औं प्रहरी दिवस २०८१ कार्यक्रम प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको प्रमुख आतिथ्यतामा भव्यताकासाथ सम्पन्न भएको छ ।

उक्त अवसरमा कार्यालय मातहत इलाका प्रहरी कार्यालय गढवामा कार्यरत प्रहरी निरीक्षक कालिका कार्कीले कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि लगायत उपस्थित सम्पुर्णले अमर प्रहरी स्मारकमा पुष्पहार माल्यार्पण गर्नुभएको भएको साथै पुर्व प्रहरी कर्मचारीहरु, अमर प्रहरी परिवारजन एवं अशक्त प्रहरी कर्मचारीहरु, विभिन्न कार्यालयका कार्यालय प्रमुख, पत्रकार, स्थानीय जनप्रतिनिधी तथा सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरुको उपस्थितिमा ९४ वर्षिय जेष्ठ सदस्य पूर्व प्रहरी कर्मचारी प्रहरी नायव निरीक्षक तेज बहादुर थापालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

सोही अवसरमा ६९ औं प्रहरी दिवस २०८१ को उपलक्ष्यमा “ प्रहरी कार्यमा विद्यार्थीको भुमिका ” शिर्षकमा यस कार्यालयबाट सञ्चालित माध्यामिक विद्यालय स्तरिय कविता प्रतियोगिता र नेपाल पुलिस स्कुल घोराही दाङद्वारा सञ्चालित लुम्बिनी प्रदेश स्तरीय अन्तर विद्यालय निवन्ध प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय स्थान हाँसिल गर्ने विभिन्न विद्यालयका छात्र/छात्राहरुलाई प्रमुख अतिथीबाट पुरस्कार तथा प्रमाण- पत्र वितरण गरिएको थियो ।

उक्त कार्यक्रम कार्यालयका कार्यालय प्रमुख तथा कार्यक्रमका अध्यक्ष प्रहरी उपरीक्षक एसपी अर्जुन प्रसाद तिमिल्सिनाले प्रहरी महानिरीक्षक आईजिपी बसन्त बहादुर कुँवरको शुभकामना सन्देश वाचन गर्नु भई सम्पूर्णमा धन्यवाद ज्ञापन गरि समापन भएको ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation