शनिबार, कार्तिक २३, २०८२

दाङको राप्ती गाउँपालिकामा नि:शुल्क घुम्ती शौचालय सञ्चालनमा

भालुबाङ २६ कात्तिक । दाङको राप्ती गाउँपालिकाले यात्रु र स्थानीयका लागि नि:शुल्क घुम्ती शौचालय सञ्चालनमा ल्याएको छ ।

एशियाली विकास बैंक र जापान फण्ड फर प्राेवर्टी रिडक्सन (जेएफपीआर)को अनुदान सहयोगमा खानेपानी मन्त्रालयअन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागले मझौला र साना सहरहरूमा खानेपानी, सरसफाइ, स्वच्छता र स्वास्थ्य पहलमार्फत कोभिड-१९ रोकथाम तथा नियन्त्रण आयोजना मार्फत उपलब्ध साे शौचालय सञ्चालनमा ल्याइएको हाे ।

उपलब्ध दुई घुम्ती शौचालयमध्ये एउटा वडा नम्बर २ को लालमटियामा सञ्चालन गरिएको छ भने अर्को शौचालयलाई मेला, महोत्सव र विशेष कार्यक्रममा प्रयोग गरिने गाउँपालिकाले जनाएको छ ।

उक्त शाैचालयमा एउटा अपाङ्ग मैत्री शाैचालय सहित ५ वटा शाैचालय रहेको छ ।

लालमटियामा सञ्चालनमा आएको शौचालयको व्यवस्थापन लालमटिया बजार व्यवस्थापन समितिले गर्नेछ ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शौचालय सुविधा नभएका स्थानहरूमा घुम्ती शौचालयको व्यवस्था गरिँदा यात्रु र स्थानीय बासिन्दालाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यसले स्थानीयको स्वच्छता र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने समेत बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation