राप्तीमा निशुल्क आँखा शिविर : २ सय ५ जनाकाे माेतीबिन्दुको शल्यक्रिया

सिसहनियाँ ५ मंसिर   दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको तिलगंगा सर्जिकल आँखा केन्द्रकाे आयोजनामा सञ्चालित निशुल्क आँखा शिविरमा २ हजार ११ जनाको आँखा जाँच गरिएको छ भने २ सय ५ जना माेतीबिन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया गरिएको छ ।

तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौंकाे नेपाल आँखा कार्यक्रम अन्तर्गत तिलगंगा सर्जिकल आँखा केन्द्र सिसहनियाँकाे आयोजना तथा राप्ती गाउँपालिका दाङको समन्वयमा सञ्चालित साे शिविरमा उनीहरूको आँखा जाँच तथा शल्यक्रिया गरिएको हाे ।

गत कार्तिक २३ गतेदेखि २८ गते सम्म राप्ती गाउँपालिका दाङ सँगै गढवा गाउँपालिका, प्युठानकाे सरुमारानी, बाँकेको राप्ती साेनारी र कपिलवस्तुकाे बिजयनगर गाउँपालिकाका विभिन्न १३ स्थानमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविर बाट २ सय ७५ जना माेतिबिन्दु भएका आँखाका बिरामीहरु छनाेट भएका थिए।त्यसमध्ये मंसिर ३ र ४ गते दुई दिन सम्म सञ्चालन भएको शिविरमा २ सय ५ जनाको नि:शुल्क शल्यक्रिया गरिएको आँखा केन्द्र सिसहनियाँका इन्चार्ज विमल बहादुर बिसीले जानकारी दिएका छन् ।

तिलगंगा आँखा अस्पताल काठमाडौंका नेत्र अधिकृत सरोज देवकोटाकाे नेतृत्वमा नेत्र रोग विशेषज्ञ डाक्टर दिप्ती प्रधान ,डाक्टर आशिष जम्मरकट्टेल, डाक्टर समिरा व्यन्जनकार लगायतका प्राविधिकहरुकाे टाेलीले बिरामीहरुकाे आँखाको जाँच तथा शल्यक्रिया गरेकाे इन्चार्ज बिसीले जानकारी दिए ।

राप्ती गाँउपालिकाका अध्यक्ष प्रकाश विष्टको विशेष पहल तथा तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौंको सहयोगमा सिसहनियाँ स्वास्थ्य चौकी भित्र रहेको एक भवनबाट सेवा प्रदान गर्दै आइरहेको आँखा केन्द्रले स्थापना भएको डेढ वर्षकाे अवधिमा १३ हजार भन्दा बढी आँखाका बिरामीहरुकाे नि:शुल्क आँखा जाँच गर्नुका साथै १२ सय बढी माेतीबिन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation