कालिका सामुदायिक वन लालमटियाको २५औं वार्षिक साधारणसभा सम्पन्न

भालुवाङ १५ मंसिर । कालिका सामुदायिक वन उपभोक्ता समुह राप्ती गाउँपालिका-२ लालमटियाँको २५औं वार्षिक साधारणसभा शनिबार लालमटियामा सम्पन्न भएको छ ।

समुहका अध्यक्ष जोहरमान मियाँको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका प्रवक्ता तथा २ नम्बर वडा अध्यक्ष पहलवान चा‌ैधरीको प्रमुख आतिथ्यतामा भएको सभा उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष चाैधरीले पछिल्लो समय सामुदायिक वन प्रति उपभोक्ताहरूको मोह घट्दै गएको बताएका छन् । वडा अध्यक्ष चाैधरीले घर-घरमा उपभोक्ताहरूले ग्यास तथा इलेक्ट्रिक चुलोहरूको प्रयोग बढ्दो मात्र प्रयोग गर्ने गरेको तथा घर निर्माणको काममा समेत गैरकाठ प्रयोगले पनि सामुदायिक वन प्रतिको मोह घट्न थालेको बताए ।

त्यस्तै वडा अध्यक्ष चाैधरीले सामुदायिक वन संरक्षणमा उपभोक्ताको ध्यान नजानुले पनि पछिल्लो समय सामुदायिक वन नासिदै गएको बताएका छन् । उपभोक्ताहरूले कर्तव्यको पालना नगर्ने तर अधिकार मात्र माग्ने प्रवृत्तिका कारण पनि सामुदायिक वन संरक्षण हुन नसकेकाले अब त्यसका लागि नागरिकहरू जागरूग हुन जरूरी रहेको बताएका छन् ।

सभामा अध्यक्षको प्रतिवेदन समुहका अध्यक्ष जोहोरमान मियाँ, वार्षिक प्रगति प्रतिवेदन समुहकी सचिव कृष्णा पोख्रेल, आर्थिक प्रतिवेदन कोषाध्यक्ष यमबहादुर रोका मगर र पशु वृद्वाश्रम तथा गिद्व संरक्षण केन्द्रको वार्षिक तथा आर्थिक प्रतिवेदन संयोजक शिवबहादुर राना मगर तथा लेखा प्रतिवेदन लेखा समिति संयोजक भिमकान्त भुसालले प्रस्तुत गरेका थिए ।

सभा उद्घाटन कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ राप्तीका उपाध्यक्ष गिरिराज पाैडेल, नर्ती सामुदायिक वन समन्वय समितिकी प्रतिनिधि पुष्पा पाण्डे, रामजहदी सामुदायिक वन उपभोक्ता समुह भालुवाङका अध्यक्ष डिल्लीराज सुवेदी, समुहका सल्लाहकार खुमबहादुर गुरूङ र पत्रकार ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

समुहका उपाध्यक्ष भिमलाल न्याैपानेको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन समुहकी सचिव कृष्णा पोख्रेलले गरेकी थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation