मङ्लबार, माघ २१, २०८२

पत्रकार महासंघ दाङको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी

दाङ १८ मंसिर । नेपाल पत्रकार महासंघ दाङको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी भएको छ ।

पत्रकार महासंघको मंसिर २८ गते हुन लागेको निर्वाचन अन्तर्गत केन्द्रिय निर्वाचन समितीले आज सार्वजनिक गरेको मतदाता नामवलीमा असन्तुष्ट जनाउँदै महासंघ दाङको कार्यालयमा तालाबन्दी गरिएको हो ।

प्रगतिशील पत्रकार संघ नेपाल दाङले आज मंगलबार नेपाल पत्रकार महासघको जिल्ला कार्यालय दाङमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । प्रगतिशील पत्रकार संघ दाङका अध्यक्ष महेश रिजालले सङ्गठनको तर्फबाट कार्यालयको मुल गेटमा तालाबन्दी गर्नुभएको हो ।

दाङमा प्रगतिशील पत्रकार संघप्रति आस्था राख्ने क्रियाशील पत्रकारलाई महासघको सदस्यता नदिएर भेदभाव गरिएको भन्दै तालाबन्दी गरिएको रिजालले बताउनुभयो । उक्त मूल गेटमा प्रगतिशील पत्रकार संघ दाङले कार्यालयमा केन्द्रीय समितिद्वारा जारी प्रेस विज्ञप्ति टासेको छ । यसअघि, प्रगतिशीलको केन्द्रीय समितिले हिजो मङ्सिर १७ गते नै महासंघले सदस्यता विवादमा भएको भन्दै प्रेस विज्ञप्ति जारी बिरोध जनाएको छ ।

यता पत्रकार महासंघको सदस्यतामा आस्था र पूर्वाग्राही ढंगले क्रियाशिल पत्रकारहरुको नाम समावेश नगरिएको र जिल्लाले सिफारिस गरेका नाम समेत प्रदेश समितीले काटेर आफूखुसी मनोमानी ढंङ्गले नाम थपेर पठाएको नामावलीप्रति दाङका अधिकांश पत्रकारहरुले असन्तुष्ट जनाउँदै बिरोध गरेका छन् भने प्रगतिशिल पत्रकार संघले गरेको तालाबन्दीलाई समर्थन समेत जनाएका छन् ।

प्रेस चौतारी नेपालका केन्द्रिय सदस्यद्धय सन्तोषकुमार गुप्ता, शिबबहादुर एमसी (बिदुर), राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी र मञ्चकै दोस्रो उपाध्यक्ष जमिर शाह लगायतका पत्रकारहरुले निर्वाचन समितीले सार्वजनिक गरेको नामावली प्रति असन्तुष्टि जनाउँदै प्रगतिशिलको तालाबन्दीलाई समर्थन जनाउँदै थप तालाबन्दी गर्ने जनाएका छन् । प्रकाशित नामावलीमा पुनर्विचार नगरिए अनिश्चतकालिन तालाबन्दी संगै थप संघर्षका कार्यक्रम गर्ने असन्तुष्ट पत्रकारहरुले जनाएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation