मङ्लबार, माघ २१, २०८२

माओवादी केन्द्र राप्ती ४ को अध्यक्षमा पुन ओली निर्विरोध

भालुबाङ २२ मंसिर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र राप्ती गाउँपालिका वडा नम्बर ४ को तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन देवीराम ओली निर्विरोध निर्वाचित हुनुभएको छ ।

उपाध्यक्षमा कमला गिरी,सचिव राेशन चाैधरी,सह-सचिव बालिका सुनार र
कोषाध्यक्षमा सरस्वती आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा गाेपाल खत्री, बेगमान गिरी, नेत्र भण्डारी, कमला गिरी, कमलादेवी चाैधरी, शान्तु भारती, अन्जना थापा मगर, रामकिशुन चाैधरी, कृष्ण चाैधरी, मन्जु चाैधरी, मीना गुप्ता, फाेक्सराज ओली, माया शर्मा, नम बहादुर कार्की, सुनिता परियार र मन बहादुर कुँवर निर्विरोध निर्वाचित हुनुभएको छ ।

वडा कमिटीका अध्यक्ष देवीराम ओलीको अध्यक्षता तथा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य हाेम प्रसाद शर्माकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका गाउँ कमिटीका अध्यक्ष नारायण शर्मा, उपाध्यक्ष तुला गिरी, सचिव बसन्त नेपाली, काेषाध्यक्ष जगत थापा, जन वर्गीय संगठनका पदाधिकारी लगायत वडाका पार्टी सदस्यहरुकाे उल्लेख सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation