बिहिबार, कार्तिक २१, २०८२

सिसहनियाँ उद्योग वाणिज्य संघद्वारा पत्रकार गुप्तालाई बधाई तथा सम्मान

सिसहनियाँ ८ पुस । नेपाल पत्रकार महासंघको निर्वाचनबाट लुम्बिनी प्रदेश समिति सदस्य (मधेसी) पदमा निर्वाचित ओमप्रकाश गुप्तालाई सिसहनियाँ उद्योग वाणिज्य संघले सोमबार एक कार्यक्रमका बीच बधाई तथा सम्मान गरेको छ ।

संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको अध्यक्षता एवम् संघका पुर्व अध्यक्ष शान्तराज भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम गुप्तालाई संघका अध्यक्ष बुढाथोकी, पुर्व अध्यक्ष भण्डारी तथा वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारीले टीका खाँदा लगाएर सम्मान गरेका हुन् ।

गुप्ता देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक, गणतन्त्र राष्ट्रिय दैनिक, रेडियो प्रकृति, रेडियो गुर्वावा, रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन, जि फोर के टेलिभिजन, राप्ती दर्पण टेलिभिजनको समाचार प्रमुखको रूपमा कार्यरत रहेको र राप्ती प्रेस मञ्चको महासचिव, संसदीय मामिला पत्रकार समाजका साधारण सदस्य हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation