शुक्रबार, चैत्र ६, २०८२

समाजलाई सहि दिशामा लैजान पत्रकार र मिडियाको महत्वपूर्ण भुमिका छ : सभामुख घर्ती

भालुवाङ १४ पौष   लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरले समाजलाई सहि दिशामा लैजान पत्रकार र मिडियाको भुमिका महत्वपूर्ण रहने बताएका छन् ।

समाजमा तीन प्रकृतीका मानिसको बिचारको बिकास भएको बताउँदै सभामुख घर्तीले अटेरी प्रवृत्तिले समाजलाई नकारात्मक दिशा तर्फ लगेको बताउँदै अव समाजलाई सहि दिशामा लैजान पत्रकार र मिडिया जगतले सकारात्मक चिन्तनलाई प्रोत्साहन गर्ने भुमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल शाखा राप्तीले शनिवार दाङको भालुवाङमा आयोजना गरेको नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको सम्मान तथा बधाई, स्वच्छ र स्वस्थ समाज निर्माणका लागि आद्यात्मिक शसक्तिकरण : मिडियाकाे भुमिका विषयक अन्तरकृया कार्यक्रममा सभामुख घर्तीले यस्तो बताएका हुन् ।

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल क्षेत्रीय कार्यालय तुलसीपुर राप्तीका क्षेत्रीय प्रमुख राजयोगिनी गीता दिदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्दीय, प्रदेश र १२ वटै जिल्लाका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो ।

राप्ती शाखा प्रमुख यमुना दिदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रेखा कंडेल, भौतिक पुर्वाधार बिकास मन्त्रालयका सचिव भिमार्जुन पाण्डे, प्रदेश योजना आयोगका सदस्य सचिव खिमबहादुर कुँवर, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासन, लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईं, नागरिक समाज दाङका संयोजक निमबहादुर थापा लगायतले स्वच्छ समाज निर्माणमा मिडियाको महत्वपूर्ण भुमिका रहने बताएका थिए ।

कार्यक्रमको सञ्चालन ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र दाङका प्रवक्ता ब्रह्माकुमार माधव तिमिल्सेनाले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation