बिहिबार, कार्तिक २१, २०८२

गुरुङ समुदायले कला संस्कृति संरक्षणमा ध्यान दिनुपर्छ : अध्यक्ष विष्ट

सिसहनियाँ १६ पुस । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गुरुङ समुदायले आफ्नो कला, संस्कृति र भेषभूषाको संरक्षण र विकासमा ध्यान दिनुपर्ने आवश्यकत रहेको बताउनुभयो ।

सोमबार तमु हयुल छोज धी गुरुङ राष्ट्रिय परिषद इकाई कार्यसमिति राप्ती गाउँपालिका-८ पिपरीद्वारा कोहलुवा श्रीनगर बौद्ध गुम्बामा आयोजित तमु ल्होसार पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा बोल्दै उहाँले परम्परागत कला संस्कृतिको संरक्षण गर्दै तीलाई व्यवसायीक रुपमा विकास गर्न सके राम्रो आम्दानी लिन सकिने बताउनुभयो ।

अध्यक्ष विष्टले गुरुङ समुदायको सांस्कृतिक, पर्व र भेषभूषाको महत्त्वलाई संरक्षण गर्न गाउँपालिकाले सधैं साथ दिने बताउनुभयो ।

साथै, स्थानीय वडाबासीलाई आवश्यकताका आधारमा बजेट माग गर्न अनुरोध गर्दै उहाँले गाउँपालिकाले उचित बजेट उपलब्ध गराउन तयार रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सचिव रेखा कंडेल, गुम्बा समितिका पूर्व व्यवस्थापक पुरन चौधरी, प्रगतिनगर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष नारायणी पोखरेल, प्रमुख लामा गुरु, कोइसा गुरुङ, राप्ती गाउँपालिका वडा नम्बर ८ का कार्यवाहक अध्यक्ष चम्फा पुनलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

गुरुङ समुदायले विशेष सांस्कृतिक प्रस्तुतिसहित नयाँ वर्षलाई स्वागत गर्दै तमु ल्होसार पर्व मनाएका थिए ।

विभिन्न विधाका विजेतालाई पुरस्कार वितरण गरिएको कार्यक्रममा तमु हयुल छोज धी गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय संगठन सचिव विष्णु गुरुङले स्वागत मन्तव्य राख्नुभयो। कार्यक्रममा परिषदका अध्यक्ष लुमबहादुर गुरुङले सञ्चालन गर्नुभएको थियो ।

तमु ल्होसार गुरुङ समुदायको महत्वपूर्ण पर्व हो, जसलाई वर्ग परिवर्तन (ल्हो) संग सम्बन्धित मानिन्छ । यो पर्व विशेषतः लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, र पर्वतलगायत गुरुङ बाहुल्य क्षेत्रहरूमा मनाइन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र त्यसपछि दिन क्रमशः बढ्दै जाने भएकाले यो पर्वको सांस्कृतिक र प्राकृतिक महत्त्व रहेको उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation