शनिबार, चैत्र ७, २०८२

विपन्न दलित विद्यार्थीलाई वडाद्वारा विद्यालय पोशाक वितरण

भालुबाङ १७ पुस । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ कार्यालयले वडाभित्रका दलित परिवारका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको छ ।

वडाभित्रका दुई सामुदायिक विद्यालयका बालविकास देखि ५ कक्षा सम्मका ६७ जना विद्यार्थीलाई पोशाक वितरण गरेको हो ।

जनज्योति आधारभूत विद्यालय नयाँगाउँका ४३ र माध्यमिक विद्यालय मौरीघाटका २४ जना  दलित विद्यार्थीलाई ५१ हजार रुपैयाँ बराबरको पोशाक वितरण गरिएको वडा अध्यक्ष वीर बहादुर चाैधरीले जानकारी दिनुभयो ।

प्रत्येक विद्यार्थीलाई विद्यालय पोशाकको रूपमा सर्ट र पाइन्ट वितरण गरिएको छ ।

वडा अध्यक्ष चौधरीका अनुसार वडाको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत पाेशाक वितरण गरिएको हाे ।

अध्यक्ष चाैधरीले यस पटक दलित विद्यार्थीलाई मात्रै पोशाक वितरण गरिए पनि आगामी वर्षमा जनजाति, विपन्न र अन्य वर्गका विद्यार्थीलाई पनि समेट्ने योजना रहेको बताउनुभयो ।

पोशाक वितरण कार्यक्रममा वडा सदस्य विष्णुप्रसाद पोख्रेल, बालिका सुनार, वडा सचिव भगवती सुवेदी, मौरीघाट बजार व्यवस्थापन समितिका कोषाध्यक्ष गोविन्द बहादुर केसी, विद्यालयका प्रधानाध्यापक लगायत अन्य शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation