मङ्लबार, कार्तिक १९, २०८२

नेपाल निजामती कर्मचारी संगठनद्वारा नेगो स्मारिकाको बिमोचन

घोराही । नेपाल निजामती कर्मचारी संगठन दाङद्वारा प्रकाशित नेगो स्मारिका दाङ २०७९ को विमोचन तथा सम्मान कार्यक्रम एवम् दीपावली, नेपाल सम्वत्, छठ, ईद पर्व २०७९ को पावन अवसरमा शनिबार घोराहीमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

संगठनका अध्यक्ष शेरबहादुर केसीको अध्यक्षता एवम् नेकपा एमालेका महासचिव शंकर  पोख्रेलको प्रमुख आतिथ्य एवम् संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ न्यौपानेको विशिष्ट आतिथ्यमा शनिबार घोराहीमा कार्यक्रम गरिएको हो ।

नेगो स्मारिका दाङ २०७९ को विमोचन कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका महासचिव शंकर पोख्रेलले गर्नु भएको हो । त्यस्तै स्मारिका माथिको समिक्षा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसिले गर्नु भएको थियो ।

सो अवसरमा, संगठनको गतिविधिलाई केन्द्रित गर्दै उनले संस्थाको पलहमा पहिलो अंकका रुपमा रहेको नेगो स्मारिका एक ऐतिहासिक काम भएको बताए । महासचिव पोख्रेलले राज्य संचालनको अहम् भुमिका खेल्दै आएका निजामती कर्मचारीहरुको हकहितका लागि स्थापित संगठनले ठूलो योगदान गर्दै आएको बताए ।

यस्तै उनले निजामती कर्मचारीहरुको निरन्तरको दवावमा संघीय निजामति सेवा ऐन सुव्यवस्थित रुपमा आउने विश्वास दिलाउनुभयो । यसका लागि आगामी मंसिर ४ गतेपछि अघि बढ्ने विश्वास दिलाए ।

उक्त कार्यक्रममा प्रथम दाङ जिल्ला अधिबेसन २०४८ बाट निर्वाचित कर्मचारी संगठनका पदाधिकारी तथा  ९ जना सदस्यहरु लाई सम्मान गरिएको थियो ।

संस्थाका उपाध्यक्ष शिवराज न्यौपानेको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको संचालन संगठनका सचिव बाबुराम न्यौपानेले गर्नु भएको थियो ।                         

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation