बिहिबार, कार्तिक २१, २०८२

हर्षेडाँडामा माघी मेला पुस २९ गते देखि सुरु हुँदै : र्‍यापर लाहुरे र नायक धिरेन शाक्य आउने

लालमटिया १७ पुस दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटिया स्थित हर्षेडाँडामा परम्परागत माघी मेला तथा साँस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको छ ।

कालिका सामुदायिक वन उपभोक्ता समूह लालमटियाको आयोजनामा गत वर्ष जस्तै यस वर्ष पनि परम्परागत माघी मेला तथा साँस्कृतिक कार्यक्रम सञ्चालन हुन लागेको हो ।

समुहका अध्यक्ष जोहरमान मियाँको अध्यक्षतामा हालै बसेको बैठकले सो निर्णय गरेको हो । धार्मिक तथा पर्यटकीय स्थलको संरक्षणका लागि “हाम्रो संस्कृति, हाम्रो पहिचान स्थानीय कला संस्कृति जोगाउने हाम्रो अभियान” भन्ने मुल नाराका साथ पुस २९ गते देखि माघ २ गते सम्म मेला सञ्चालन हुन लागेको साँस्कृतिक संयोजक लालमणी भुसालले जानकारी दिएका छन् ।

कार्यक्रम अन्तरगत पुस २९ गते विहान ९ बजे मेला उद्घाटन हुने र दिउँसो २ बजे देखि राष्ट्रिय तथा स्थानीय कलाकार सहितको साँस्कृतिक कार्यक्रम सुरु हुने साँस्कृतिक संयोजक भुसालले जानकारी दिएका छन् । मेला प्रवेश र साँस्कृतिक कार्यक्रम पूर्ण रुपमा निशुल्क गरिएकाे वन समूहले जनाएकाे छ ।

मेलामा चर्चित ¥यापर लाहुरे सहित नायक धिरेन शाक्य त्यस्तै चर्चित गायक चक्र बम, गायिका तथा हास्य कलाकार नबिना सिलवाल (खुईली), गायक अर्जुन सापकोटा, गायक जीवन परियार, गायिकाहरु सम्झना लामिछाने मगर, मनिसा लामिछाने, सिमरन परियार, गायक सुमन बिटी, जादुगर रमेश गिरी, मोडेल मधु चौधरी, उद्घोषिका वर्षा पाण्डे, उद्घोषक दिपक बर्मा सहित स्थानीय मगर, थारु साँस्कृतिक प्रस्तुती रहने साँस्कृतिक संयोजक भुसालले जानकारी दिएका छन् । मेला अवधीधर प्रवेश निशुल्क रहेकाे र साँस्कृतिक कार्यक्रम हेर्न कुनै शुल्क नलाग्ने साँस्कृतिक संयोजक भुसालले जानकारी दिएका छन् ।

मेलामा ९० वटा स्टल रहने, २ लाख दर्शकले अवलोकन गर्ने र करिव ३ लाख बराबरको कारोवार गर्ने लक्ष्य राखेकोे आयोजकले जानकारी दिएको छ । मेलामा कालिकादेवी मन्दिर दर्शन, हर्षेडाँडा ताल, पुशवृद्ध आश्रम तथा गिद्ध संरक्षण केन्द्रको अवलोकन, रमणीय वन जंगल अवलोकन, पिकनिक स्पोट, बच्चाका खेलौना, विभिन्न गेम आइटम, गाडी पार्किङ र बिजुली बत्तीको राम्रो व्यवस्था भएको आयोजकले बताएको छ ।  त्यसै गरी मेलामा रोटे पिङ, बाल उद्यान, तालमा डुंगा शयर गर्न सकिने र सेल्फी स्पोर्ट समेत रहने आयोजकले बताएको छ ।

मेलामा थारु, मगर, गुरुङ जातीका परिकारको स्वाद समेत लिन सकिने बताइएको छ । मेलामा स्थानीय उपभोक्ताले स्टल राख्न चाहेमा १५ प्रतिशत छुट गरेको आयोजकले बताएको छ ।

स्टल बुकिङ धमाधम भइरहेको छ, स्टल बुकिङ गर्न चाहानेले साँस्कृतिक संयोजक लालमणी भुसालको सम्पर्क नम्बर ९८४७९६७००७ मा सम्पर्क राख्न सकिने आयोजकले बताएको छ । साभार देउखुरी टुडे

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation