बिहिबार, कार्तिक २१, २०८२

प्रेस सेन्टर नेपाल दाङको अध्यक्षमा जनक नेपाली सर्वसम्मत

घोराही १९ पौषप्रेस सेन्टर नेपाल दाङ जिल्लाको पाँचौं जिल्ला अधिवेशन बिहीबार सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले जनक नेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। उक्त अधिवेशन सर्वसहमतिबाट सम्पन्न भएको हो ।

जसको उपाध्यक्षमा जीवन नेपाली र पुष्पा पौडेल चयन भएका छन्। त्यस्तै सचिवमा दीपक बोहरा, सहसचिवमा गिरिराज नेपाली र सन्तोष डाँगी र कोषाध्यक्षमा दिपक ओली चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा लालसुर बिष्ट, बिरेन्द्र ओली, सृजना विश्वकर्मा, मधुसूदन गिरी, तुल बहादुर कुवर मगर, आलोक भाबुक, सान्तराज बुढा, तेकराज भण्डारी, नोखिराम बिक र अन्जना विश्वकर्मा चयन भएका छन् ।

नयाँ कार्यसमितिले प्रेस तथा पत्रकारिताको क्षेत्रमा स्थानीय स्तरमा देखिएका चुनौतीहरूको समाधानमा केन्द्रीत हुने प्रतिबद्धता व्यक्त गरेको छ । अध्यक्ष जनक नेपालीले आफ्नो नेतृत्वमा प्रेस सेन्टरलाई थप व्यावसायिक र जिम्मेवार बनाउँदै पत्रकारहरूको अधिकार र स्वतन्त्रतालाई प्रवर्द्धन गर्ने बताए ।उनले पत्रकारहरूको क्षमता विकास र स्थानीय समुदायसँगको सहकार्यमा जोड दिने योजना प्रस्तुत गरे ।

अधिवेशनको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले पत्रकारहरुले निष्पक्ष भएर पेशागत मर्यादा र आचारसंहितामा रहेर निष्ठाको पत्रकारिता गर्नुपर्नेमा जोड दिएका थिए । प्रमुख अतिथि वरिष्ठ पत्रकार प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्माले नेपाली पत्रकारिताले २००७ साल, ०६२/६३ सालको जनआन्दोलनलगायतका परिवर्तनका कालखण्डमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै त्यो इतिहासलाई अबको पुस्ताको पत्रकारिताले पनि भूल्न नहुने बताए । प्रविधिको विकाससँगै पहिलेको पत्रकारिता र अहिलेको पत्रकारितामा परिवर्तन आएको उल्लेख गर्दै शर्माले निष्ठाको पत्रकारिता नछोड्ना युवापस्तालाई आग्रह गरे ।

कार्यक्रममा विशिष्ट अतिथि नेकपा माओवादीका केन्द्रीय सदस्य हेमराज शर्मा ‘डायमण्ड’ ले पत्रकारहरु मुलुकको चौथो अङ्ग भएकाले मुलुकलाई सही दिशातिर लैजानका लागि जनपपक्षीय पत्रकारिताको आवश्यकता रहेको औल्याए ।

प्रेस सेन्टर दाङका कार्यवहाक अध्यक्ष अनिता पोख्रेलको अध्यक्षतमा भएको कार्यक्रममा प्रेस सेन्टर नेपालका उपाध्यक्ष अजयदिप शर्मा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य भिमकुमारी बाँठा, रामबहादुर दहित, प्रदेश उपाध्यक्ष लुमाकान्त न्यौपाने ‘सागर’, जिल्ला अध्यक्ष हरिमान पुन, जिल्ला सचिव विश्वराज आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, महासंघ दाङशाखाका अध्यक्ष सन्तोष सुवेदी शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै अनेमासंघ क्रान्तिकारी दाङकी अध्यक्ष दिलकुमारी बुढा, ज्येष्ठ कम्युनिष्ट मञ्चका अध्यक्ष मस्तबहादुर श्रेष्ठ, प्रेस सेन्टर दाङका इञ्चार्ज लक्ष्मी आचार्य, प्रेस सेन्टर लम्बिनी प्रदेश उपाध्यक्ष प्रकाश चौधरी, प्रेस युनियन दाङका सचिव अमर क्षितिज भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सहसचिव दीपक बोहराको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव जनक नेपालीले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation