बुधबार, कार्तिक २०, २०८२

राप्ती गाउँपालिका वडा नं. ३ मा विदाई तथा स्वागत कार्यक्रम

दाङ  राप्ती गाउँपालिका वडा नं. ३ वडा कार्यालयले विदाई तथा स्वागत कार्यक्रम आयोजना गरेको छ । आधारभूत स्वास्थ्य इकाई लालमटियाबाट कार्यक्षेत्र परिवर्तन भएर वडा नं. ३ मसुरिया आएकी कमला न्यौपानेलाई स्वागत र उच्च शिक्षा अध्ययनका लागि जान लागेकी अहेव मनसरा राना मगरलाई विदाइ गरिएको हो ।

कार्यक्रम वडा अध्यक्ष उमेश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडा सचिव शेरबहादुर हमाललगायतका वडा कार्यालयका सदस्यहरूको उपस्थिति रहेको थियो ।

विदाइ कार्यक्रमका क्रममा वडा कार्यालयले मनसरा राना मगरको योगदानको प्रशंसा गर्दै उनलाई आगामी शैक्षिक यात्राका लागि शुभकामना प्रदान गरेको छ। त्यस्तै, स्वागत समारोहमा वडाध्यक्ष अधिकारीले कमला न्यौपानेलाई नयाँ जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रममा उपस्थित स्थानीय बासिन्दा तथा कर्मचारीहरूले समेत व्यक्तित्व परिवर्तनका क्रममा समर्पित योगदान गर्नेहरूप्रति आभार प्रकट गर्दै जिम्मेवारी हस्तान्तरणलाई स्वागतयोग्य कदमको रूपमा लिएका छन् ।

वडा कार्यालयले यस्तो प्रकारको स्वागत तथा विदाई कार्यक्रमले कर्मचारीहरूको मनोबल बढाउनुका साथै कार्यालयमा समन्वयकारी वातावरण सिर्जना हुने विश्वास व्यक्त गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation