बुधबार, कार्तिक २०, २०८२

राप्ती गाउँपालिकामा औपचारिक कार्यक्रमको नयाँ अभ्यास: अतिथि आसन ग्रहण नगर्ने, नेम प्लेटको व्यवस्था

सिसहनियाँ २२ पुस । दाङको राप्ती गाउँपालिकाले औपचारिक कार्यक्रमहरूमा नयाँ अभ्यास सुरु गरेको छ ।

अबदेखि औपचारिक कार्यक्रममा अतिथिहरूलाई आसन ग्रहण नगर्ने प्रचलन लागू गरिएको छ ।

यो परिवर्तनले अतिथिहरूलाई समान तहमा राख्दै कार्यक्रमलाई सबै सहभागीहरूका लागि सहज र समावेशी बनाउने उद्देश्य राखेको छ ।

यस अभ्यासमा सम्भव भएसम्म अतिथिहरूको नाम र पद सूचित गर्न नेम प्लेटको व्यवस्था गरिने बताइएको छ ।

अतिथिहरूलाई विशेष आसन प्रदान गर्नुभन्दा उनीहरूलाई अन्य सहभागीहरूसँगै बस्ने र खुला छलफलमा संलग्न गराइनेछ ।

यो कदमले औपचारिक कार्यक्रमहरूलाई थप सहभागीमूलक र प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष विष्टका अनुसार, “यस अभ्यासले कार्यक्रमहरूमा समयको पनि बचत हुने र अतिथिहरूलाई बारम्बार उठाउने, फेरि बसाउने जस्ता परम्परागत क्रियाकलाप आवश्यक नहुने भएको बताउनु भएको छ ।

धेरैले यो नयाँ अभ्यासलाई सकारात्मक रूपमा लिएका छन् र गाउँपालिकाको यो प्रयासको प्रशंसा गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation